मुख्य समाचार
कम्बोडियाले थाइल्यान्डसँगको समुद्री सीमा विवाद समाधानका लागि अन्तर्राष्ट्रिय कानुन अन्तर्गत ‘अनिवार्य मध्यस्थता प्रक्रिया’ सुरु
कम्बोडियाले थाइल्यान्डसँगको समुद्री सीमा विवाद समाधानका लागि अन्तर्राष्ट्रिय कानुन अन्तर्गत ‘अनिवार्य मध्यस्थता प्रक्रिया’ सुरु

कम्बोडियाले थाइल्यान्डसँगको समुद्री सीमा विवाद समाधानका लागि अन्तर्राष्ट्रिय कानुन अन्तर्गत ‘अनिवार्य मध्यस्थता प्रक्रिया’ सुरु गरेको छ । थाइल्यान्डको सरकारले गत महिना मात्रै दुई देशबीच सन् २००१ मा भएको सीमा वार्ता सम्बन्धी सम्झौता एकपक्षीय रूपमा खारेज गरेको थियो । त्यसपछि कम्बोडियाले यो कदम चालेको हो ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले अन्तर्राष्ट्रिय कानुनबमोजिम आफ्नो सार्वभौमसत्ता र समुद्री अधिकारको रक्षाका लागि यो प्रक्रिया अघि बढाइएको र यसको जानकारी संयुक्त राष्ट्रसंघ तथा बैंककलाई दिइसकेको बताएका छन् ।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चान्विराकुलले भने कम्बोडियाले यस्तो प्रक्रिया सुरु गरेकोबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

गत फेब्रुअरीको चुनावी अभियानका क्रममा सन् २००१ को सो सम्झौता खारेज गर्ने विषयलाई मुख्य एजेन्डा बनाएका प्रधानमन्त्री अनुतिनले थाइल्यान्डले यस विषयमा अब कसरी अघि बढ्ने भन्नेबारे निर्णय गरी नसकेको पत्रकारहरूलाई बताए ।

संयुक्त राष्ट्रसंघीय महासन्धि ‘अनक्लोज’ अन्तर्गत सुरु गरिएको यस अनिवार्य मध्यस्थता प्रक्रियामा स्वतन्त्र विशेषज्ञहरूको टोलीले विवादको अध्ययन गरी सिफारिस तयार पार्नेछ ।

यद्यपि, ती सिफारिस दुवै देशका लागि कानुनी रूपमा बाध्यकारी भने हुँदैनन् ।

थाइल्यान्ड र कम्बोडियाबिचको यो विवाद गल्फ अफ थाइल्यान्डको करिब २६ हजार वर्ग किलोमिटर क्षेत्रसँग जोडिएको छ । जसलाई ‘ओभरल्यापिङ क्लेम्स एरिया’ (ओसीए) भनिन्छ ।

उक्त क्षेत्रमा झन्डै १२ ट्रिलियन क्युबिक फिट प्राकृतिक ग्यास र ठुलो मात्रामा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएको छ । यसको बजार मूल्य करिब ३०० अर्ब अमेरिकी डलर बराबर छ ।

इरान संकटका कारण विश्व बजारमा चुलिएको इन्धन अभावका बिच यस भूमिगत ऊर्जा स्रोतको उपयोग गर्न दुवै देशका लागि यो विवाद सुल्झाउनु निकै जरुरी बनेको छ ।

कम्बोडियाले यस कानुनी प्रक्रियाका लागि आफ्ना विदेश मन्त्री प्राक सोखोनलाई मुख्य एजेन्ट तोकेको छ भने डेनमार्कका कूटनीतिज्ञ पिटर टाक्सो–जेन्सेन र फ्रान्सेली प्राज्ञ जीन–मार्क थुभेनिनलाई मध्यस्थकर्ताका रूपमा नियुक्त गरेको छ ।

अब थाइल्यान्डले २१ दिनभित्र आफ्ना दुई मध्यस्थकर्ता नियुक्त गर्नुपर्नेछ । संयुक्त राष्ट्रसंघका महासचिवको रेखदेखमा गठन हुने यस आयोगले विवाद निरूपणको काम अघि बढाउनेछ ।

यसअघि थाइल्यान्डले अन्तर्राष्ट्रिय अदालत वा अन्य बाह्य संयन्त्रमार्फत विवाद सुल्झाउने कम्बोडियाका प्रयासलाई अस्वीकार गर्दै द्विपक्षीय वार्तामा मात्र जोड दिँदै आएको थियो ।

गत वर्ष ८१७ किलोमिटर लामो स्थल सीमा क्षेत्रमा भएको भीषण सैन्य भीडन्तमा परि १५० जनाको मृत्यु र लाखौँ विस्थापित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा डिसेम्बरदेखि दुई देशबीच युद्धविराम कायम छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम