। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा गोली चल्दा आफूविरुद्ध कसरी फौजदारी कसुर हुन्छ ? भनी प्रश्न गरेका छन् ।
एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले आफू बुवाको मृत्युपछि काम सकेर बसेको भोलिपल्टै धरपकड गरेर पक्राउ गरिएकोप्रति आपत्ति जनाए ।
‘चुनावपछि मेरो बुवा बित्नुभयो । म १३ दिनको काममा बसेको भोलिपल्ट सरकार गठन भयो । सरकारले हतारहतार क्याबिनेट बसेर पहिलो निर्णय पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तुरुन्त पक्राउ गर्न भनेर रातभर बलजफ्ती गरेर ठाडो पक्राउ पुर्जी विशेष पुर्जी भनेर बिना आधारको गौरीबहादुर कार्कीको हावा प्रतिवेदन, त्यस प्रतिवेदनको आधारमा गिरफ्तार गर्ने भनेर,’ ओलीले भने, ‘यो दफा त्यो दफा भनेर । फौजदारी कसरी हुन्छ ? म बालुवाटारमा छु, बानेश्वरमा गोली काण्ड भएको छ ।’
उनले आफूलाई एकैसाथ सुरक्षा निकायलाई निर्देशन गरेको पनि जिकिर गरे ।
‘मैले भरसक सुरक्षा निकायलाई राम्रो गर्नू भनेर एकैसाथ निर्देशन गरेको छु । तैपनि परिस्थिति पर्यो होला । के परिस्थिति पर्यो प्रहरीले जान्ने कुरा हो । सरकारी सम्पत्ति जोगाउन उसले गोली चलाउँछ होला नि ?,’ ओलीले भने ।