। अवैध लागु औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–७ का २५ वर्षीय असरफ अली छन् । उनलाई ललितपुरबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।
उनीबाट १५० ग्राम खैरो हेरोइनका साथै डिजिटल तराजु २ थान, लागु औषध लुकाइएको स्पीकर ४ थान बरामद भएको छ ।