मुख्य समाचार
लिभरपुलले मुख्य प्रशिक्षक नियुक्तिका लागि एन्डोनी इराओलासँग मौखिक सहमति
लिभरपुलले मुख्य प्रशिक्षक नियुक्तिका लागि एन्डोनी इराओलासँग मौखिक सहमति

। इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले मुख्य प्रशिक्षक नियुक्तिका लागि एन्डोनी इराओलासँग मौखिक सहमति गरेको छ । यससँगै उनी बर्खास्तीमा परेका आर्ने स्लटको स्थानमा लिभरपुलको नयाँ प्रशिक्षक बन्ने नजिक पुगेका छन् ।

गत सिजनको अन्त्यमा प्रिमियर लिगकै क्लब एएफसी बर्नमाउथ छाडेका ४३ वर्षीय स्पेनी प्रशिक्षक इराओला एनफिल्डको जिम्मेवारी सम्हाल्ने प्रमुख दाबेदार थिए । द एथलेटिकका अनुसार उनले दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।

इराओलाले आफ्नो प्रशिक्षक करियरभरि छोटो अवधिका सम्झौतामा काम गरेका छन् । उनले एईके लार्नाका, सीडी मिरानडेस, रायो भालेकानो र बर्नमाउथमा पनि यस्तै सम्झौतामा काम गरेका थिए ।

उनको नियुक्तिको औपचारिक घोषणा यसै साता हुने अपेक्षा गरिएको छ । इराओला आफ्ना सहायक प्रशिक्षकद्वय टमी एलफिक र शन कूपरलाई पनि एनफिल्ड लैजान इच्छुक छन् ।

लिभरपुलले सकेसम्म चाँडो नयाँ प्रशिक्षक नियुक्त गर्न चाहेको छ । क्लब आक्रामक र अग्रपंक्तिबाट दबाब सिर्जना गर्ने आफ्नो खेलशैलीसँग मेल खाने प्रशिक्षक खोजिरहेको थियो ।

लिभरपुलका खेल निर्देशक रिचर्ड ह्युग्सले नियुक्ति प्रक्रियाको नेतृत्व गरिरहेका छन् । उनी यसअघि बर्नमाउथमा रहँदा इराओलासँग काम गरिसकेका थिए ।

लिभरपुलले गत शनिबार मात्रै स्लटलाई बर्खास्त गरेको थियो । उनले एक वर्षअघि टोलीलाई प्रिमियर लिग उपाधि दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम