मुख्य समाचार
५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका ग्राउन्ड इक्युपमेन्ट अपरेटर पक्राउ
५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका ग्राउन्ड इक्युपमेन्ट अपरेटर पक्राउ

। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका ग्राउन्ड इक्युपमेन्ट अपरेटर पक्राउ परेका छन् ।

सुनसरी गढी गाउँपालिका-१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने कमलनारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।

उनी १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ग्राउन्ड इक्युपमेन्ट अपरेटरमा कार्यरत थिए ।

उनी सोमबार राति साढे ८ बजे बाटिक एयरको फ्लाइटमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने क्रममा विमानस्थल प्रहरीद्वारा जाँच गर्दा उनको लगेजमा फलामको कराई भित्र विभिन्न देशको मुद्रा भेटिएको हो ।

उनी अहिलेसम्म २६ पटक बाह्य मुलुलक यात्रा गरेको देखिएको प्रहरीको भनाइ छ । प्रहरीले उनको साथबाट नेपाली, अमेरिकी, ओमानी, पाकिस्तानी, मलेसियन, श्रीलंकन, जापानिज, अफ्रिकन मुद्रा फेला परेको हो । रकम ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाबाट अवैध रूपमा भारततर्फ निकासी गर्ने तयारीमा रहेको ७० बोरा फर्सीको बीउ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बरियारपट्टि गाउँपालिका–२ का हरिदेव दासको घरबाट फर्सीको बीउ बरामद गरिएको हो । ठूलो परिमाणमा फर्सीको बीउ लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा सोमबार साँझ प्रहरी टोली परिचालन भएको जिप्रका सिरहाले जनाएको छ । सोही क्रममा ...
। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेश मन्त्री डा एस जयशंकरसँग भेट गरेका छन् । बैठकमा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति थियो । सभापति लामिछाने भाजपाको निमन्त्रणामा हिजो भ्रमणमा गएका थिए । उनलाई भाजपाले आज भव्य स्वागत गरेको थियो । उनले आजबाटै विभिन्न राजनीतिक भेटघाट सुरु गरेका छन् ।
। टुरिजम अथोरोटी अफ थाइल्याण्डले नेपाली पर्यटकलक्षित प्रवर्द्धन अभियान थालेको छ । संसारभरबाट सबै प्रकारका पर्यटकलाई आकर्षित गर्दै आएको थाइल्याण्डले ‘वेलनेस टुरिजम प्रडक्ट’लाई प्राथमिकता दिँदै नेपाल लक्षित अभियान चलाएको हो । टुरिजम अथोरोटी अफ थाइल्याण्ड, नयाँ दिल्ली कार्यालयले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नेपाली टूर अपरेटरहरुलाई आफ्ना पर्यटन उत्पादनबारे जानकारी गराएको छ । कार्यक्रममा नेपालका ...
। भारतले नेपाल- भारतको द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुनसक्ने अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए । उक्त अभिव्यक्तितर्फ लक्षित गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले यस्तो स्वीकार्य नहुने धारणा राखेका छन् । ‘सम्बन्धित सबै पक्षले स्पष्ट रूपमा बुझ्नुपर्छ कि भारत र नेपालबीचको ...