मुख्य समाचार
टुरिजम अथोरोटी अफ थाइल्याण्डले नेपाली पर्यटकलक्षित प्रवर्द्धन अभियान
टुरिजम अथोरोटी अफ थाइल्याण्डले नेपाली पर्यटकलक्षित प्रवर्द्धन अभियान

। टुरिजम अथोरोटी अफ थाइल्याण्डले नेपाली पर्यटकलक्षित प्रवर्द्धन अभियान थालेको छ । संसारभरबाट सबै प्रकारका पर्यटकलाई आकर्षित गर्दै आएको थाइल्याण्डले ‘वेलनेस टुरिजम प्रडक्ट’लाई प्राथमिकता दिँदै नेपाल लक्षित अभियान चलाएको हो ।

टुरिजम अथोरोटी अफ थाइल्याण्ड, नयाँ दिल्ली कार्यालयले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नेपाली टूर अपरेटरहरुलाई आफ्ना पर्यटन उत्पादनबारे जानकारी गराएको छ । कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत डोनाविट पुलसावतले थाइल्याण्ड गन्तब्य आफैंमा डाइनामिक रहेको बताए ।

अहिले वार्षिक ५० हजार हाराहारी नेपाली पर्यटकले थाइल्याण्ड भ्रमण गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै राजदूत पुलसावतले यो वर्ष थप २० देखि ३० हजार नेपालीलाई थाइल्याण्ड भ्रमणको लक्ष्य राखिएको बताए । नेपालीलाई थाइल्याण्ड भ्रमणको निम्तो दिँदै उनले भू–राजनीतिक परिस्थितिले पर्यटनमा चूनौति थपिरहेको समयमा थाइल्याण्ड विश्वस्तरीय सेवामा लागिरहेको उनले बताए ।

थाइल्याण्ड अत्याधुनिक पूर्वाधार, विश्वस्तरीय सामुन्द्रिक किनार, खाना, संस्कृति र नाइटलाइफ गतिविधिका लागि प्रख्यात छ । अहिले सो मुलुकले स्वास्थ्य तथा आरोग्य पर्यटनलाई प्राथमिकता दिँदै प्याकेज बिक्री गरिरहेको कार्यक्रममा जानकारी गराइयो । थाइल्याण्डले बन्जी जम्पिङ, प्यारामोटर, स्काई डाइभिङ, एटीभी राइडजस्ता साहसिक गतिविधिमा समेत पर्यटक आकर्षित गरिरहेको छ ।

टुरिजम अथोरोटी अफ थाइल्याण्डका अनुसार नेपाली नागरिकले जुनसुकै स्थानबाट पनि ई–भिसा आवेदन गर्न सक्छन् । अहिले नेपाल र थाइल्याण्डबीच तीन एयरलाइन्सले सातामा १९ उडान गरिरहेका छन् । जसले दुई मुलुकको पर्यटनलाई जोड्ने काम गरिरहेको छ ।

नेपाल एयरलाइन्सले सातामा ३, थाइ लायनले सातामा २ र थाइ एयरवेजले सातामा १४ उडान गरिरहेका छन् । थाइल्याण्ड पर्यटन प्राधिकरणको नयाँ दिल्ली कार्यालयका अनुसार अहिले थाइल्याण्डबाट नेपालमा वार्षिक ३० हजार पर्यटकले भ्रमण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाबाट अवैध रूपमा भारततर्फ निकासी गर्ने तयारीमा रहेको ७० बोरा फर्सीको बीउ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बरियारपट्टि गाउँपालिका–२ का हरिदेव दासको घरबाट फर्सीको बीउ बरामद गरिएको हो । ठूलो परिमाणमा फर्सीको बीउ लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा सोमबार साँझ प्रहरी टोली परिचालन भएको जिप्रका सिरहाले जनाएको छ । सोही क्रममा ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका ग्राउन्ड इक्युपमेन्ट अपरेटर पक्राउ परेका छन् । सुनसरी गढी गाउँपालिका-१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने कमलनारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो । उनी १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ग्राउन्ड इक्युपमेन्ट अपरेटरमा कार्यरत थिए ...
। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेश मन्त्री डा एस जयशंकरसँग भेट गरेका छन् । बैठकमा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति थियो । सभापति लामिछाने भाजपाको निमन्त्रणामा हिजो भ्रमणमा गएका थिए । उनलाई भाजपाले आज भव्य स्वागत गरेको थियो । उनले आजबाटै विभिन्न राजनीतिक भेटघाट सुरु गरेका छन् ।
। भारतले नेपाल- भारतको द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुनसक्ने अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए । उक्त अभिव्यक्तितर्फ लक्षित गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले यस्तो स्वीकार्य नहुने धारणा राखेका छन् । ‘सम्बन्धित सबै पक्षले स्पष्ट रूपमा बुझ्नुपर्छ कि भारत र नेपालबीचको ...
। भारतले नेपाल- भारतको द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुनसक्ने अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए । उक्त अभिव्यक्तितर्फ लक्षित गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले यस्तो स्वीकार्य नहुने धारणा राखेका छन् । ‘सम्बन्धित सबै पक्षले स्पष्ट रूपमा बुझ्नुपर्छ कि भारत र नेपालबीचको ...