मुख्य समाचार
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र

। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र बनाएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार गठित सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ ले पेस गरेको प्रतिवेदनले दिएका सुझाव तथा सिफारिस कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को २०८३ जेठ ११ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको प्रतिवेदनमा सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा कार्यालय स्वीकृति र एकीकरणलगायतका कार्यमा सहकारी सिद्धान्त, मूल्य–मान्यता तथा प्रचलित कानुन विपरीत भूमिका देखिएका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूसँग स्पष्टीकरण मागिएको छ ।

प्रतिवेदनमा १४ जना तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूको नाम नै किटान गरी छानबिन गर्न सिफारिस गरिएको थियो । स्पष्टीकरण सोधिनेमा शाखा अधिकृत देखि सहसचिवसम्मका कर्मचारीहरू रहेका छन् ।

मन्त्रालयले सम्बन्धित व्यक्तिहरूलाई पत्राचार गर्दै आफ्नो कार्यकालमा आयोगको प्रतिवेदनमा उल्लेख भए बमोजिमका कार्य गरेको हो वा होइन भन्ने विषयमा आधारसहित सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ। तोकिएको अवधिभित्र जवाफ नआए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

थप अध्ययनका लागि समिति गठन

आयोगको प्रतिवेदन कार्यान्वयन तथा थप अध्ययनका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा सहकारी नियमन प्राधिकरणका निर्देशक, मन्त्रालयको कानुन महाशाखाका उपसचिव, सहकारी विभागका उपरजिस्ट्रार तथा मन्त्रालयको सहकारी प्रवर्द्धन शाखाका उपसचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

समितिलाई आयोगको प्रतिवेदनको विस्तृत अध्ययन गरी तत्कालीन तथा दीर्घकालीन सुधारका सुझाव तयार गर्ने, प्राप्त स्पष्टीकरणहरूको विश्लेषण गर्ने, नयाँ सहकारी ऐनको मस्यौदा तयार गर्न सहयोग गर्ने तथा प्रतिवेदनमा औँल्याइएका सहकारी संस्थासम्बन्धी टिप्पणी फाइलहरूको अध्ययन तथा विश्लेषण गर्ने कार्यादेश दिइएको छ।

विभागीय मन्त्री प्रतिभा रावलले प्रतिवेदन कार्यान्वयनलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताइन् । उनले भनिन्, प्रतिवेदनको सुझाव अनुसार सहकारी क्षेत्रको संरचनागत सुधारको ठोस योजनामा काम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाबाट अवैध रूपमा भारततर्फ निकासी गर्ने तयारीमा रहेको ७० बोरा फर्सीको बीउ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बरियारपट्टि गाउँपालिका–२ का हरिदेव दासको घरबाट फर्सीको बीउ बरामद गरिएको हो । ठूलो परिमाणमा फर्सीको बीउ लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा सोमबार साँझ प्रहरी टोली परिचालन भएको जिप्रका सिरहाले जनाएको छ । सोही क्रममा ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका ग्राउन्ड इक्युपमेन्ट अपरेटर पक्राउ परेका छन् । सुनसरी गढी गाउँपालिका-१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने कमलनारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो । उनी १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ग्राउन्ड इक्युपमेन्ट अपरेटरमा कार्यरत थिए ...
। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेश मन्त्री डा एस जयशंकरसँग भेट गरेका छन् । बैठकमा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति थियो । सभापति लामिछाने भाजपाको निमन्त्रणामा हिजो भ्रमणमा गएका थिए । उनलाई भाजपाले आज भव्य स्वागत गरेको थियो । उनले आजबाटै विभिन्न राजनीतिक भेटघाट सुरु गरेका छन् ।
। टुरिजम अथोरोटी अफ थाइल्याण्डले नेपाली पर्यटकलक्षित प्रवर्द्धन अभियान थालेको छ । संसारभरबाट सबै प्रकारका पर्यटकलाई आकर्षित गर्दै आएको थाइल्याण्डले ‘वेलनेस टुरिजम प्रडक्ट’लाई प्राथमिकता दिँदै नेपाल लक्षित अभियान चलाएको हो । टुरिजम अथोरोटी अफ थाइल्याण्ड, नयाँ दिल्ली कार्यालयले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नेपाली टूर अपरेटरहरुलाई आफ्ना पर्यटन उत्पादनबारे जानकारी गराएको छ । कार्यक्रममा नेपालका ...
। भारतले नेपाल- भारतको द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुनसक्ने अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए । उक्त अभिव्यक्तितर्फ लक्षित गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले यस्तो स्वीकार्य नहुने धारणा राखेका छन् । ‘सम्बन्धित सबै पक्षले स्पष्ट रूपमा बुझ्नुपर्छ कि भारत र नेपालबीचको ...