। भक्तपुरको सूर्यविनायकबाट २ राउन्ड गोली तथा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलका २३ वर्षीय निरज खत्री रहेका छन् ।
प्रहरीवृत्त जगाती भक्तपुरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका-६ सुन्दरबस्तीबाट उनलाई मंगलबार पक्राउ गरेको भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
जबेगुका अनुसार उनको साथबाट एसएलआरको गोली २ राउन्ड, ट्रामाडोल ट्याबलेट, खुकुरी १ थान बरामद गरिएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।