। सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार भूमि समस्या समाधान आयोगको सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मनीति सोतुङ र डा. रोना श्रेष्ठलाई नियुक्त गरिएको छ ।
त्यस्तै, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।