मुख्य समाचार
मानिसभन्दा एआई प्रविधि महँगो बन्दै गएपछि पश्चिमा कर्पोरेट क्षेत्रमा वित्तीय संकट
मानिसभन्दा एआई प्रविधि महँगो बन्दै गएपछि पश्चिमा कर्पोरेट क्षेत्रमा वित्तीय संकट

। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगसँगै यसको सञ्चालन खर्च तीव्र रूपमा बढेपछि पश्चिमा देशका ठूला प्रविधि कम्पनीहरू ठूलो वित्तीय दबाबमा पर्न थालेका छन्।

प्रविधि पत्रकार एन्ड्रयु ओर्लोव्स्कीका अनुसार एआईको अत्यधिक प्रयोगका कारण इतिहासमै पहिलो पटक प्रविधि चलाउने खर्च र मानिसलाई दिइने तलब बराबर हुन थालेको छ। कम्पनीहरूले आफ्ना कर्मचारीलाई एआईको अनावश्यक प्रयोग नगर्न र ‘टोकन’ बचाउन निर्देशन दिन थालेका छन्।

अमेजन जस्तो प्रतिष्ठित कम्पनीले एआईको अत्याधिक प्रयोगकै कारण मात्र एक महिनामा ५० करोड डलर खर्च गरेपछि आफ्ना कर्मचारीहरूलाई बिनाकारण एआई प्रयोग नगर्न आग्रह गरेको छ।

गुगल, उबर, सेल्सफोर्स, मेटा र माइक्रोसफ्ट जस्ता ठुला कम्पनीहरूले पनि एआईको बजेट नियन्त्रण गर्न विभिन्न प्रतिबन्धहरू लगाउन थालेका छन्। कर्पोरेट क्षेत्रमा कर्मचारीहरूले आफ्नो कार्यक्षमता देखाउन जथाभाबी एआई टोकन खर्च गर्ने विकृति बढेपछि यो संकट चुलिएको हो।

लगानी व्यवस्थापन फर्म ‘गोल्डम्यान स्याक्स’ को अध्ययन अनुसार इन्जिनियरिङ क्षेत्रमा एआईका लागि हुने खर्च मानिसलाई दिइने तलबको १० प्रतिशतको हाराहारीमा पुगिसकेको छ। हालकै वृद्धिदर कायम रहेमा केही महिनाभित्रै एआई चलाउने खर्च मानव कर्मचारीलाई राखिराख्ने खर्चभन्दा बढी हुने प्रक्षेपण गरिएको छ।

खर्च अनुसारको प्रतिफल (रिटर्न अन इन्भेस्टमेन्ट) नदेखिएकाले करोडौँ डलरका टोकनहरू विना उपलव्धि जलिरहेको भन्दै विज्ञहरूले एआईको यो ‘बबल’ छिट्टै फुट्ने चेतावनी दिएका छन्।

आर्थिक विश्लेषक विल सोमरका अनुसार ठुला एआई कम्पनीहरूले आफ्नो लगानी सुरक्षित गर्न आगामी तीन वर्षमा सात ट्रिलियन डलर आम्दानी गर्नुपर्ने हुन्छ । यसका लागि एआईको खपत हालको भन्दा एक लाख गुणाले बढ्नुपर्छ।

तर, व्यापारिक क्षेत्रले एआईबाट खासै उत्पादकत्व र फाइदा नदेखेपछि महँगो एआई पूर्वाधारमा भइरहेको लगानी डुब्ने खतरा बढेको छ। यसले गर्दा अन्ततः एआईले मानव रोजगारी खोस्ने संशयलाई गलत साबित गर्दै मानिसकै उपयोगिता बढी रहेको पुष्टि गरेको छ।

अर्कोतर्फ, चीनले भने एआई प्रविधिलाई फरक ढङ्गले उपयोग गरेर पश्चिमा पूँजीवादी प्रणालीलाई चुनौती दिएको छ। चिनियाँ अदालतहरूले एआईका कारण मानव कर्मचारीहरूलाई कामबाट निकाल्न प्रतिबन्ध लगाएका छन्। एआईबाट हुने सामान्य उत्पादकत्व वृद्धिभन्दा सामाजिक सन्तुलन बढी महत्त्वपूर्ण हुने चीनको बुझाइ छ।

विज्ञहरूका अनुसार चीनले पश्चिमा लगानीकर्ताहरूको लोभ र हतारोलाई हतियार बनाएर उनीहरूकै आर्थिक प्रणाली विरुद्ध प्रयोग गरिदिएको छ । जसका कारण अहिले पश्चिमा देशहरू गलत र खर्चिलो एआई मोडेल निर्माणको चक्रव्यूहमा फसेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाश (भोलिन्टरी बाइआउट) को प्रस्ताव गरेको छ । कम्पनीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा ठूलो लगानी गर्न आवश्यक स्रोत जुटाउने र सञ्चालन खर्च नियन्त्रण गर्ने उद्देश्यले सोमबार स्वेच्छिक अवकाशको प्रस्ताव ल्याएको हो । माइक्रोसफ्टले क्यानडा, भारत, बेलायत र अमेरिकामा रहेका कर्मचारीलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ ...
। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन) ले अब सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नगराउने घोषणा गरेको छ । संघ अध्यक्ष सुधीर पराजुलीका नामबाट आइतबार जारी विज्ञप्ति अनुसार इन्टरनेट सेवा प्रदायकले १९ असोज सोमबारदेखि लागु हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टनेट प्याकेज उपलब्ध नगराइने उल्लेख छ । विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको ...
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...