मुख्य समाचार
स्वीडेनमा कुनै समय विश्वकै लागि नमुना मानिएको ‘वल्भरिन’ संरक्षण कार्यक्रम अहिले गम्भीर संकटमा
स्वीडेनमा कुनै समय विश्वकै लागि नमुना मानिएको ‘वल्भरिन’ संरक्षण कार्यक्रम अहिले गम्भीर संकटमा

। स्वीडेनमा कुनै समय विश्वकै लागि नमुना मानिएको ‘वल्भरिन’ संरक्षण कार्यक्रम अहिले गम्भीर संकटमा परेको छ। युनिभर्सिटी अफ योर्क र स्विडेस एग्रिकल्चरल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार सरकारले बजेट वृद्धि नगरेको र स्थानीय समुदायको अविश्वास बढेका कारण यो सफल कार्यक्रम असफलतातर्फ धकेलिन लागेको हो।

संरक्षणका लागि सुरुवाती सफलता मात्र पर्याप्त नहुने र यसका लागि दीर्घकालीन सरकारी प्रतिबद्धता आवश्यक पर्ने कुरा अध्ययनले बताएको छ।

सन् १९९६ मा स्वीडेन सरकारले वन्यजन्तु र मानिसबिचको द्वन्द्व कम गर्न आर्थिक प्रोत्साहन कार्यक्रम सुरु गरेको थियो। यस अन्तर्गत रैथाने ‘सामी’ रेन्डीयर गोठालाहरू बस्ने क्षेत्रमा दुर्लभ वन्यजन्तु वल्भरिन सुरक्षित रूपमा रहेबापत सरकारले ती समुदायलाई सिधै रकम उपलब्ध गराउन थालेको थियो।

वन्यजन्तुको उपस्थितिलाई स्थानीयको आम्दानीसँग जोडिदिँदा सुरुका वर्षहरूमा वल्भरिनको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको भए पनि विगत ३० वर्षको तथ्याङ्कले अहिले यो सफलता टिकाइराख्न कठिन भएको देखाएको छ।

सन् २००० को सुरुवाती दशकमा स्वीडेनका दुई तिहाइ वल्भरिन उत्तरी क्षेत्रमा हुन्थे भने अहिले त्यो सङ्ख्या घटेर एक तिहाइभन्दा कममा सीमित भएको छ। यसको मुख्य कारण विगत दुई दशकदेखि सरकारले उपलब्ध गराउँदै आएको रकममा वृद्धि नगर्नु हो। सन् २००२ देखि प्रतिवल्भरिन प्रजननबापत दिइने दुई लाख स्वीडिस क्रोनरको रकम अहिलेसम्म बढाइएको छैन। महँगीका कारण सो रकमको वास्तविक मूल्य अहिले आधा जति घटिसकेको छ। सामी संसद्ले यो रकम कम्तीमा चार लाख ८० हजार क्रोनर हुनुपर्ने माग गरे पनि सरकारले सन् २०२४ मा सामान्य वृद्धि मात्र प्रस्ताव गरेको थियो।

आर्थिक समस्याका साथै जलवायु परिवर्तनले पनि वल्भरिन गणनामा ठुलो अवरोध पुर्‍याएको छ। आर्कटिक क्षेत्रमा हिउँको अवस्था परिवर्तन भइरहेका कारण वन्यजन्तुको पाइला पहिचान गर्न गाह्रो हुँदा आधिकारिक गणना र वास्तविक सङ्ख्यामा ठुलो अन्तर देखिन थालेको छ।

खानी उत्खनन र वन फँडानीको मारमा परेका स्थानीय समुदायमाथि संरक्षणको थप आर्थिक बोझ थपिँदा उनीहरूमा प्रणालीप्रति नै वितृष्णा जागेको अनुसन्धानले देखाएको छ। स्थानीय समुदायको आवश्यकतालाई समयमै सम्बोधन नगरे वर्षौँको संरक्षण प्रयास खेर जान सक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम