मुख्य समाचार
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद, अस्पताल र बीमा बोर्डका पदाधिकारीका लागि आवेदन आह्वान
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद, अस्पताल र बीमा बोर्डका पदाधिकारीका लागि आवेदन आह्वान

। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद, अस्पताल र बीमा बोर्डका पदाधिकारीका लागि आवेदन आह्वान गरेको छ ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर आयुर्वेद चिकित्सा परिषद, स्वास्थ्य अनुसन्धान परिषद, नर्सिङ परिषद, स्वास्थ्य व्यवसायी परिषद, फार्मेसी परिषद, मेडिकल काउन्सिल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गंगालाल हृदयरोग केन्द्र र स्वास्थ्य बीमा बोर्डमा रिक्त पदाधिकारीका लागि आवेदन आह्वान गरेको हो ।
यी विभिन्न परिषद, अस्पताल र बोर्डहरुमा अध्यक्ष, सदस्य, रजिष्ट्रार, कार्यकारी निर्देशक लगायतका पद रिक्त छन् ।

ती रिक्त पदहरुमा आजको मितिले १० दिनभित्र आवेदन दिन भनिएको छ । ऐन तथा नियमावलीमा उल्लेख भएबमोजिम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले स्वास्थ्य मन्त्रालय सिंहदरबारमा आवेदन बुझाउन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र बनाएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार गठित सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ ले पेस गरेको प्रतिवेदनले दिएका सुझाव तथा सिफारिस कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को २०८३ जेठ ११ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको प्रतिवेदनमा सहकारी दर्ता, ...
। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ९ सांसदमध्ये डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो । महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तनभन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताएकी छन् । शाहलाई दलको नेताबाट ...
। भक्तपुरको सूर्यविनायकबाट २ राउन्ड गोली तथा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलका २३ वर्षीय निरज खत्री रहेका छन् । प्रहरीवृत्त जगाती भक्तपुरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका-६ सुन्दरबस्तीबाट उनलाई मंगलबार पक्राउ गरेको भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । जबेगुका अनुसार उनको साथबाट एसएलआरको गोली २ राउन्ड, ट्रामाडोल ट्याबलेट, ...
। ४ चैत २०८० मा तीनै तहका सरकार प्रमुखको उपस्थितिमा पोखरालाई पर्यटनको राजधानी घोषणा गरियो । तर तीन वटै सरकारले पर्यटकीय राजधानीलाई पुष्टि गर्ने र पर्यटक आकर्षित गर्ने कुनै कार्यक्रम ल्याएनन् । पर्यटकीय राजधानी घोषणा भएपछि कति पर्यटक आए, कति गतिविधि गरिए, के-के गर्ने, कहाँ-कहाँ जाने भन्ने कुनै ठोस आधार तय गरिएन । कति पर्यटक गण्डकीमा ...
। सभामुख डोलप्रसाद अर्याल (डीपी)ले सीमा विवादबारे प्रतिनिधिसभामा उठेको विषयका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । मंगलबार बसेको बैठकमा सभामुख अर्यालले यस्तो बताएका हुन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि ...