मुख्य समाचार
सुदन किरातीले नेपालीहरुको दु:ख अन्त्य गर्न हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने बताए
सुदन किरातीले नेपालीहरुको दु:ख अन्त्य गर्न हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने बताए

। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालीहरुको दु:ख अन्त्य गर्न हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

उदयपुरमा पत्रकार भेटघाट कार्यक्रममा उनले हाइब्रिड नेताले देशको समस्या हल गर्न नसक्ने बताएका हुन् । ‘इतिहासदेखि अहिलेसम्म नेपाल र नेपालीले भोगिरहेको दु:खको अन्त्य गर्न अब कतै न कतैबाट विजारोपण गरेको या निर्माण गरिएको हाइब्रिड नेता होइन, नेपालकै माटोमा उत्पत्ति भएको अर्गानिक हर्क साम्पाड जस्तो नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ,’ किरातीले भने ।

वर्षौदेखि राजनीतिमा रहेको सिण्डिकेट तोड्दै जनताले प्रधानमन्त्री बनाएका बालेन्द्र शाहले पनि जनतालाई धोका दिएको उनी बताउँछन् । ‘जनताको ठूलो आशा पनि थियो । तर फिल्मी शैलमिा काम गर्ने कोशिस गर्दा आज देश र जनतालाई गम्भीर धोका भएको छ,’ किरातीले भने ।

गरीबको गीत गाएर आएका प्रधानमन्त्रीले गरीबमाथि नै धोका दिएको पनि उनले बताए । नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएर प्रधानमन्त्री शाहले अक्षम्य गल्ती गरेको किरातीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच केहीबेर अघि भेटवार्ता भएको हो । पाँचदिने भ्रमणमा रहेका सभापति लामिछानेले आजबाट विभिन्न राजनीतिक भेटवार्ता थालेका हुन् । उनले आजै विदेशमन्त्री एस जयशंकर र भाजपाका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए । उनी भाजपाको निमन्त्रणमा हिजो भारत गएका थिए ।
। नेपाली कांग्रेसको रुपन्देहीमा सम्पन्न दुई दिने लुम्बिनी प्रदेशस्तरीय परामर्श कार्यशालाले २८ बुँदे लुम्बिनी संकल्प पारित गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पार्टीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका नेतृत्वबिच भएको संवाद, विषयगत छलफल र विस्तृत अन्तरक्रियाका आधारमा भेलाले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको ...
। नेपालका २५ वटा स्टार्टअप सम्मिलित ‘इन्डिया–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क’ (इन–स्पान) कार्यक्रमको दोस्रो कोहर्ट सुरु गरेको छ । यी स्टार्टअपहरू एआई, बायोटेक, क्लिनटेक, फिनटेक, हेल्थटेक, एग्रिटेक, ई–कमर्स, मोबिलिटी, म्यान्युफ्याक्चरिङ्ग र कन्स्ट्रक्सन टेक, एफएमसीजी (FMCG), एरोस्पेस, आईओटी (IoT) र सास (SaaS) क्षेत्रसँग सम्बन्धित रहेको दूतावासले जनाएको छ । उक्त उद्घाटन समारोहमा आईआएईर्टीमा सीईओ एम जे शंक रमण लगायतका ...
। सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार भूमि समस्या समाधान आयोगको सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मनीति सोतुङ र डा. रोना श्रेष्ठलाई नियुक्त गरिएको छ । त्यस्तै, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी ...
। अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला ...