मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा स्थापना गरिएको १.८ अर्ब अमेरिकी डलर (करिब १.३ अर्ब पाउन्ड) को कोष रोक्ने अदालतको आदेश पालना गर्ने जनाएको छ
ट्रम्प प्रशासनद्वारा स्थापना गरिएको १.८ अर्ब अमेरिकी डलर (करिब १.३ अर्ब पाउन्ड) को कोष रोक्ने अदालतको आदेश पालना गर्ने जनाएको छ

: अमेरिकी न्याय विभागले ट्रम्प प्रशासनद्वारा स्थापना गरिएको १.८ अर्ब अमेरिकी डलर (करिब १.३ अर्ब पाउन्ड) को कोष रोक्ने अदालतको आदेश पालना गर्ने जनाएको छ । यो कोष अघिल्ला प्रशासनहरूको समयमा संघीय सरकारबाट अन्यायपूर्ण व्यवहार भएको दाबी गर्ने व्यक्तिहरूलाई क्षतिपूर्ति दिनका लागि बनाइएको थियो ।

सोमबार जारी विज्ञप्तिमा न्याय विभागले अदालतको निर्णयसँग आफूहरू ‘कडा रूपमा असहमत’ रहेको बताए पनि आदेशको पालना गर्ने स्पष्ट पारेको छ। गत महिना ट्रम्प प्रशासनले डोनाल्ड ट्रम्पको कर विवरण (ट्याक्स रिटर्न) चुहावटसम्बन्धी विवादको समाधानस्वरूप उक्त ‘एन्टी–वेपनाइजेसन फन्ड’ घोषणा गरेको थियो । तर डेमोक्र्याटहरूले यसलाई ‘गोप्य राजनीतिक कोष’ को संज्ञा दिएका छन् भने केही रिपब्लिकन नेताहरूले समेत यसको विरोध गरेका छन् । एक संघीय न्यायाधीशले जुन १२ मा हुने सुनुवाइसम्म यसको कार्यान्वयन अस्थायी रूपमा रोकेका छन् ।

न्याय विभागले भने उक्त कोष ‘धेरै मानिसमाथि अन्यायपूर्वक गरिएको दुरुपयोग, क्षति र घृणाको क्षतिपूर्ति गर्न’ स्थापना गरिएको दाबी गरेको छ । विभागका अनुसार यो कोष डेमोक्र्याट, रिपब्लिकन, स्वतन्त्र वा अन्य कुनै पनि राजनीतिक पृष्ठभूमिका व्यक्तिका लागि खुला रहनेछ, यदि उनीहरू आफू राजनीतिक रूपमा लक्षित वा उत्पीडित भएको ठान्छन् भने ।



गत साता अमेरिकी न्यायाधीश लियोनी ब्रिन्केमाले उक्त कोषको स्थापना अस्थायी रूपमा रोक्ने आदेश दिएकी थिइन् । उनले न्याय विभागलाई दाबीहरू स्वीकार गर्ने, प्रक्रिया अघि बढाउने वा रकम वितरण गर्ने कुनै पनि कदम चाल्न नपाइने आदेश दिएकी छन् ।
यो आदेश भर्जिनियामा दायर गरिएको एक मुद्दापछि आएको हो, जहाँ दुई जना व्यक्तिले आफूहरू ट्रम्प प्रशासनबाट राजनीतिक प्रतिशोधको शिकार भएको दाबी गर्दै उक्त कोषमा आफूहरूलाई पहुँच नदिइने आशंका व्यक्त गरेका थिए ।

जनवरी ६, २०२१ मा भएको अमेरिकी क्यापिटल भवन आक्रमणसम्बन्धी घटनामा अभियोजनमा परेका धेरै ट्रम्प समर्थकहरूले यस कोषबाट क्षतिपूर्ति माग्ने योजना बनाएका थिए । ट्रम्पका पूर्व निकट सहयोगीहरूले पनि दाबी दर्ता गर्न सक्ने संकेत दिएका छन् । अमेरिकी सिनेटका रिपब्लिकन नेता जोन थ्युनले यस कोषको खुलेर विरोध गरेका छन् । उनले ह्वाइट हाउसले आप्रवासन निकायहरूको बजेटसम्बन्धी विधेयक अघि बढाउन चाहन्छ भने यो कोष बन्द गर्नुपर्ने बताएका छन् । त्यस्तै सिनेटका डेमोक्र्याट नेता चक सुमरले पनि आफ्नो दलले उक्त कोष समाप्त गर्न कानुनी पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम