: सरकारले सशस्त्र प्रहरी नायव निरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरीअतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले डीआईजी पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरलेलले जानकारी दिए।
यही जेठ ५ गते बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।