मुख्य समाचार
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्यानडा क्रिकेट बोर्डलाई निलम्बन
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्यानडा क्रिकेट बोर्डलाई निलम्बन

: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्यानडा क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । आइसीसीले सोमबार भारतको अहमदाबादमा बसेको बैठकले उक्त निर्णय लिएको हो । क्यानडा क्रिकेट बोर्डले राष्ट्रिय बोर्डको सदस्यको दायित्व उल्लंघन गरेको भन्दै आइसीसीले बोर्डलाई निलम्बन गरेको हो ।

ग्लोबल कभर्निङ काउन्सिल अफ एन्टी करेप्सन युनिटले क्यानडा क्रिकेट बोर्डमाथि गरेको भ्रष्टाचारविरुद्धको जाँच पश्चात आइसीसीले क्यानडालाई निलम्बन गरेको हो । बोर्ड निलम्बनमा परे पनि खेलाडी र टोलीले भने प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा टिमलाई सहभागी गराउनको लागि भने आइसीसीले विशेष निकाय बनाउँदै आर्थिक सहयोग गर्ने बताएको छ ।

एन्टी करेप्सन युनिटको अनुसार क्यानडालाई निलम्बन फुकुवा गर्न केहि शर्तहरु पूरा गर्नु पर्ने हुन्छ । त्यससँगै उनीहरूले आफ्नो प्रशासनिक समस्याहरु पनि सुल्झाउनुपर्ने बताइएको छ । यसअघि आइसीसीले गत वर्ष अमेरिकन क्रिकेट बोर्डलाई‌ पनि निलम्बन गरेको थियो । तर अमेरिकन क्रिकेट टिमले हरेक प्रतियोगितामा सहभागिता जनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट चौथो स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक पनि हालसम्मकै उत्कृष्ट २५६ पुगेको छ । नेपाली पुरुष टोलीले हालै सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोटमा अपराजित रहेर च्याम्पियन बनेको ...
। नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२०आई वरियतामा एक स्थान खस्किएको छ । नेपाली महिला टोली एक स्थान तल झरेर २३औं स्थानमा पुगेको हो । नेपाली महिला क्रिकेट टोली पछिल्लो समय राम्रो लयमा देखिएको छैन । गत साता एसियन गेम्समा छनोट हुन असफल भएको महिला टोली एसिया कपमा पनि छनोट हुन सकेन । एसियन गेम्स छनोटमा ...
। फिफा विश्वकप फुटबलको २३औं संस्करण भोलिदेखि सुरु हुँदैछ । सन् १९३० देखि सुरु भएको विश्वकपको १५औं संस्करण आयोजना गरेको अमेरिकाले दोस्रोपटक विश्वकप आयोजना गर्दैछ । सन् १९९४ मा अमेरिकाले पहिलोपटक फिफा विश्वकप आयोजना गर्दा प्रतियोगितामा २४ टोली थिए, ५२ खेल हुन्थे र फाइनलको सबैभन्दा महँगो टिकट ४७५ डलरमा पाइन्थ्यो । उक्त संस्करणको उपाधि ब्राजिलले जितेको ...
। विश्व फुटबलको सर्वोच्च निकाय फिफा (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको हस्तक्षेप पूर्णरूपमा बन्द नभए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने अन्तिम चेतावनी दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ दिनअघि (५ जुन २०२६ मा) प्राप्त गरी हालै सार्वजनिक गरेको संयुक्त पत्र अनुसार, राष्ट्रिय खेलकुद ...
। फिफा विश्वकप २०२६ अघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइल्यान्डलाई ३-० ले पराजित गरेको छ । अमेरिकाको अलाबामास्थित जोर्डन हारे स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले पनि गोल गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दै गोल गरेका थिए । तयसअघि भ्यालेन्टिन बार्कोले आठौं मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा अर्जेन्टिनाले ...