मुख्य समाचार
युक्रेनमाथि रुसी आक्रमण
युक्रेनमाथि रुसी आक्रमण

: रुसले सोमबार राति धेरै युक्रेनी शहरहरूमा ठूलो आक्रमण गरेको छ। जसमा पाँच जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। युक्रेनको डिनिप्रोमा चारजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको बताइएको छ।

किभमा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएको बीबीसीमा समाचार छ। गत महिना युक्रेनको रुस-कब्जामा रहेको एक होस्टेलमा ड्रोन आक्रमणमा २१ जनाको मृत्यु भएपछि त्यसको बदला लिन रुसले यो कदम चालेको बताइएको छ।

किभका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई आश्रयस्थलमा बस्न अपील गरेका छन्। कीभको शहर सैन्य प्रशासनका प्रमुख तैमुर तकाचेन्कोले ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध ‘इतिहासमै कहिल्यै नदेखिएका’ कडा आर्थिक र समुद्री कदमहरू चाल्न लागिरहेको चेतावनी दिएका छन्। एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा बोल्दै अर्थमन्त्री बेसेन्टले आउँदो हप्ता हुने नयाँ घोषणाप्रति ध्यान दिन आग्रह गरे। उनले भने, 'हामी कुनै पनि देशलाई आर्थिक रूपमा पूर्ण रूपमा अलग्याउने (इकोनोमिक आइसोलेसन) इतिहासकै सबैभन्दा कडा कदमहरू लागू ...
। चीनको एउटा प्रयोगात्मक बुलेट ट्रेनले करिब ५ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति लिएर प्रवेग (गति बढाउने) सम्भव गराएर आफ्नै विश्व कीर्तिमान तोडेको छ। यसले अति-उच्च गतिको यातायातको लागि बाटो खोल्ने सम्भावना देखाएको छ। हुबेई प्रान्तस्थित डोङ्हु प्रयोगशालाको १ किलोमिटर लामो परीक्षण ट्र्याकमा यो भारी म्याग्लेभ ट्रेनले स्थिर अवस्थाबाट मात्र ५.३ सेकेन्डमा ८०० किलोमिटर प्रतिघण्टाको ...
। पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६५ पुगेको छ भने भग्नावशेषमा फसेका मानिसको खोजी जारी रहँदा करिब ५०० जना अझै बेपत्ता छन्। लगातार आइरहेका परकम्पले उद्धार तथा खोजी कार्यमा चुनौती थपिए पनि सुरक्षाकर्मी र उद्धारकर्मीले प्रभावित क्षेत्रमा अभियान जारी राखेका छन्। कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले राज्य टेलिभिजनमार्फत सम्बोधन गर्दै ...
: चीनका राजदूतसँग भेटवार्ता गरे लगत्तै इरानका नयाँ सुरक्षा प्रमुखले अमेरिकासँग करिब ६ महिनादेखि जारी युद्ध नरोकिने बताएका छन् । इरानको सन्देश स्पष्ट रहेको भन्दै मोहसेन रेजाइले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म, इरानका रोक्का गरिएका सम्पत्ति फुकुवा नगरेसम्म र लेबनान तथा गाजासहित क्षेत्रव्यापी युद्धविराममा सहमत नभएसम्म होर्मुज जलडमरू ...
: हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) मा एक व्यापारिक जहाजमाथि आक्रमण गरेका छन्। उक्त आक्रमणमा परी तीन जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ। पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डारले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक पोस्ट गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गरेका छन्। उनका अनुसार आक्रमणमा तीन जना पाकिस्तानी नागरिकको ज्यान जानुका साथै एक जना ...