: नेकपा (एमाले) का सांसद गुरु बरालले आफूहरु प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतिक्षामा रहेको बताएका छन् । मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठेरोमा पर्न सक्ने भएकाले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतिक्षामा रहेको बताएका हुन् ।
सीमाका बिषयमा गलत सूचना दिएर देशलाई भ्रमित पार्ने र देशको अस्मितामाथि नै प्रश्न उठ्ने अवस्था आउन दिन नहुने उनको भनाइ छ । त्यस्तै सांसद बरालले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा रहेका बेला जबरजस्त सदन चलाउने सभामुखको कदम उचित नभएको बताए । उनले सदन सञ्चालनका लागि जिम्मेवार बन्न सभामुखलाई सुझाव समेत दिए । बिपक्षीलाई पेलेर जवरजस्ती सदन चलाउन खोजे दुर्घटना हुने उनको भनाइ छ ।