। सरकारले स्वास्थ्य सामुदायिक अस्पताललाई बजेट विनियोजन गर्ने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले धुलिखेल सामुदायिक अस्पताल र डा.भगवान कोइराला नेतृत्वको किओच काठमाडौं बाल अस्पताललाई बजेट विनियोजन गरिने घोषणा गरेका हुन्।
यी स्वास्थ्य संस्थाहरूलाई गुणस्तरीय उपचार सेवा विस्तार, विशेषज्ञ सेवा सुदृढीकरण तथा पूर्वाधार विकासका लागि सहयोग उपलब्ध गराउने अर्थमन्त्री वाग्लेले बताए ।
यस्तै बजेटमा तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा लाग्दै आएको कर छुट दिने घोषणा पनि गरेको छ।
अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त कर छुटले प्रतिष्ठानको लेन्स उत्पादन क्षमता वृद्धि हुने र स्वदेशमै सस्तो तथा गुणस्तरीय आँखासम्बन्धी उपचार सामग्री उत्पादनमा सहयोग पुग्ने बताए।