मुख्य समाचार
इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जिते
इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जिते

। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो ।

काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ले सहजै आफ्नो पक्षमा पार्दै २-१ को अग्रता बनायो । चाैथो सेट इरानले २५-२१ ले जपत्दै उपाधि जित्यो ।
इरानले यसअघि २०२५ अक्टोबरमा उज्वेकिस्तानमा भएको दोस्रो संस्करणको उपाधि पनि जितेको थियो ।

सन् २०२४ मा काठमाडौंबाट सुरु भएको यस प्रतियोगपताको पहिलो संस्करणमा तेस्रो स्थानमा सिमित भएको इरानले त्यसपछिको दुई संस्करण अपराजित रहँदै उपाधि जितेर सेन्ट्रल एसियामा आफ्नो प्रभुत्व कायम राखेको छ ।
इरानले यस पटक प्रतियोगितामा कूल ५ खेल्दा अपराजित रह्यो । कूल १५ सेट जित्दा इरानले फाईनलमा एक सेट मात्र गुमाएको थियो ।

इरानले उपाधि दाबेदार अर्को टोली काजखस्तानलाई एकै प्रतियोगितामा दोस्रो पटक पराजित गरेको हो । यसअघि समूह चरणमा इरानले काजखस्तानलाई सोझो सेटमा पराजित गरेको थियो । सेमिफाईनलमा इरानले घरेलु टोली नेपाल र काजखस्तानले सन् २०२४ को विजेता भारतलाई समान ३-० सेटमा हराएर फाईनल पुगेका थिए ।

फाईनलमा काजखस्तान समूह चरणको हारको बदला लिने लक्ष्यसहित मैदान उत्रेको थियो । तर इरानले आफ्नो च्याम्पियन शैलीलाई कायम राख्दै प्रतियोगपताको उपाधि रक्षा गरेको हो । एफआईभिबीको विश्व वरियता प्राप्त प्रतियोगसता भएकोले ईरानले उपाधि जित्दै वरियतामा पनि सुधार गरेको छ ।

इरान र काजखस्तान दुवै टोली एभिसी कप खेल्ने तयारीमा रहेकोले दुवैका लागि यो तयारी प्रतियोगिताको रुपमा रह्यो । संयोगवस एभिसी कपमा यी दुई टोली एकै समूहमा छन् । फिलिपिन्सको कान्डोनमा जुन ६ देखि १४ सम्म हुने प्रतियोगितामा इरान र काजखस्तान समूह बीमा छन् । यश समूहमा भियतनाम, इन्डोनेसिया, हङकङ र लेवनान पनि छन् ।

समूह ए मा फिलिपिन्स, चाईनिज ताईपेई, दक्षिण कोरिया, किर्गिस्तान, अस्ट्रेलिया र उज्वेकिस्तान छन् ।

नेपाल पदकविहीन

घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य राखेको नेपाल भने यस पटक पदकविहीन बन्यो । शुक्रबारै तेस्रो स्थानको लागि भएको खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्दी भारतसँग ३-१ ले पराजित भयो ।
८ टोली सहभागी च्याम्पियनसिपमा भारत तेस्रो हुँदा नेपाल चाैथो स्थानमा रह्यो ।

भारतले नेपाललाई २५-२२, २५-२३, १५-२५, २५-२२ ले पराजित गरेको हो । नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले नयाँ खेलाडीहरु।समावेश रहेको नेपालका लागि यस प्रतियोगिता अनुभवी टिमसँग खेल्ने र सिक्ने अवसरको रुपमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम