। सरकारले नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थाको सहजीकरण गर्ने भएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले बजेटबारे जानकारी गराउँदै ‘नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थाको सहजीकरण गर्ने’ बताए ।
उनले अहिले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् ।