मुख्य समाचार
सन् २०३० भित्र विश्वले नयाँ रेकर्ड तोड्ने गर्मी वर्ष देख्ने लगभग निश्चित देखिएको संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व मौसम विज्ञान संगठनले चेतावनी
सन् २०३० भित्र विश्वले नयाँ रेकर्ड तोड्ने गर्मी वर्ष देख्ने लगभग निश्चित देखिएको संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व मौसम विज्ञान संगठनले चेतावनी

: जलवायु संकट गहिरिँदै जाँदा सन् २०३० भित्र विश्वले नयाँ रेकर्ड तोड्ने गर्मी वर्ष देख्ने लगभग निश्चित देखिएको संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व मौसम विज्ञान संगठनले चेतावनी दिएको छ । यस वर्षको अन्त्यतिर एल निनो मौसमीय घटना विकसित हुने अपेक्षा गरिएकाले विश्व तापक्रमको रेकर्ड सन् २०२७ मै तोडिन सक्ने बताइएको छ ।

जीवाश्म इन्धनबाट हुने कार्बन डाइअक्साइड उत्सर्जन निरन्तर बढिरहेको छ, जसले पृथ्वीमा थप ताप थुनेर राखिरहेको छ र चरम मौसमीय घटना बढाइरहेको छ । यही कारण बेलायत र युरोपमा यस साता रेकर्ड तोड्ने गर्मीको लहर देखिएको छ । विश्वव्यापी तापवृद्धिका कारण अहिले नै प्रत्येक मिनेट एक जनाको ज्यान गइरहेको अनुमान गरिएको छ । उत्सर्जन तीव्र रूपमा घटाइएन भने मृत्यु र क्षतिको संख्या अझ बढ्ने चेतावनी दिइएको छ ।

बेलायतको मौसम कार्यालयले विश्व मौसम विज्ञान संगठनका लागि तयार पारेको प्रतिवेदन अनुसार सन् २०२६ देखि २०३० बीच कम्तीमा एक वर्ष सन् २०२४ भन्दा पनि बढी तातो हुने सम्भावना ८६ प्रतिशत छ । त्यस्तै, २०२६–२०३० को पाँच वर्षे औसत तापक्रम औद्योगिक युगअघि भन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ७५ प्रतिशत रहेको छ ।



संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले भने, ‘युरोपमा देखिएको पछिल्लो गर्मीको लहर जलवायु संकटको बढ्दो मानवीय र आर्थिक असरको कठोर सम्झना हो । भारत तथा एशियाका अन्य भागहरू पनि गम्भीर रूपमा प्रभावित भइरहेका छन् ।’ उनले थपे, ‘चरम गर्मी र जलवायु परिवर्तनका अन्य बढ्दो क्षतिबाट मानव जीवन, व्यवसाय र अर्थतन्त्र जोगाउनु प्रत्येक राष्ट्रको मुख्य जिम्मेवारी हो र यसको सुरुवात जीवाश्म इन्धनको लतलाई धेरै छिटो अन्त्य गर्नबाट हुन्छ ।’ उनले स्वच्छ ऊर्जा अहिले जीवाश्म इन्धनभन्दा सस्तो र छिटो उत्पादन गर्न सकिने बताए ।

वैज्ञानिकहरूले १.५ डिग्री सेल्सियसभन्दा बढी तापवृद्धिले झन् भीषण गर्मी, खडेरी, आँधी र बाढी निम्त्याउने तथा समुदायहरूलाई अनुकूलन गर्न अझ कठिन बनाउने चेतावनी बारम्बार दिँदै आएका छन् । तर तापवृद्धिको प्रत्येक अंश घटाउन सकिए क्षति पनि त्यति नै कम हुने उनीहरूको भनाइ छ ।
औद्योगिक युगअघि भन्दा तापक्रम वृद्धि १.५ डिग्रीभित्र सीमित राख्ने पेसिर सम्झौताको लक्ष्य २० वर्षको औसतमा मूल्यांकन गरिन्छ । तर अहिले यो लक्ष्य पूरा हुने सम्भावना कम हुँदै गएको छ । यद्यपि तत्काल कदम चालिए २ डिग्रीको कमजोर लक्ष्य भने अझै सम्भव रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार २०२६–२०३० बीच कुनै एक वर्षमा तापक्रम २ डिग्रीभन्दा माथि पुग्ने सम्भावना १ प्रतिशत भन्दा कम छ । विश्व तापक्रम एल निनोका कारण अझ बढ्ने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासन का अनुसार डिसेम्बर २०२६ देखि फेब्रुअरी २०२७ बीच एल निनो विकसित हुने सम्भावना ९६ प्रतिशत छ, जसमा ‘सुपर एल निनो’ हुने सम्भावना ३५ प्रतिशत छ ।

एल निनो प्रशान्त महासागरमा हावाको दिशामा हुने परिवर्तनका कारण विकसित हुन्छ, जसले समुद्रमा सञ्चित ताप वायुमण्डलमा छोड्छ । प्रतिवेदनका मुख्य लेखक लिओन हरमन्सनले भने, ‘२०२६ को अन्त्यतिर एल निनो आउने पूर्वानुमान गरिएको छ, जसले त्यसपछिको वर्ष २०२७ लाई अर्को रेकर्ड तोड्ने गर्मीको वर्ष बनाउने सम्भावना बढाउँछ ।’

नयाँ प्रतिवेदनले आगामी पाँच वर्षमा आर्कटिक क्षेत्रमा जाडोयामको तापक्रम हालको औसतभन्दा २.८ डिग्री सेल्सियस बढी हुने अनुमान गरेको छ । यसको अर्थ आर्कटिक क्षेत्र विश्व औसतभन्दा तीन गुणा छिटो तातिरहेको छ । प्रतिवेदनमा वर्षाबारे पनि पूर्वानुमान गरिएको छ । आगामी पाँच वर्ष मेदेखि सेप्टेम्बरसम्म उत्तरी युरोप, साहेल क्षेत्र, अलास्का र साइबेरियामा सामान्यभन्दा बढी वर्षा हुने सम्भावना छ भने अमेजन क्षेत्र बढी सुख्खा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम