मुख्य समाचार
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा

— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ ।

नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ३ टोली जापानको नागोयामा अक्टोबरमा हुने एसियाली खेलकुदमा छानिने छन् ।

मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले बुधबार आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो । चीनले त्यसअघि प्रतियोगिताको पहिलो दिनको खेलमा इन्डोनेसियालाई ७ विकेटले पराजित गरेको थियो ।

इन्दुको योगदानमा नेपालले ३ बल अगाडि १ सय १४ रनको विजय लक्ष्य पूरा गर्‍यो । इन्दु ४३ बल खेली ५ चौका प्रहार गर्दै ४२ रनमा अविजित रहिन् । नेपालको सुरुआत राम्रो रहेन । ओपनरद्वय सम्झना खड्का १ र पुजा महतो ९ रनमा आउट भइन् । रुबी पोदारले खाता खोल्न भ्याइनन् । इन्दु र सोनी पाख्रिनले चौथो विकेटमा ४५ रनको साझेदारी गरिन् । सोनीले ३६ बल खेली ३ चौकासहित २९ रन बनाइन् ।

इन्दुले कविता कुँवरसँग चौथो विकेटमा ३४ रनको साझेदारी गरिन् । कविता १४ बल खेली १ चौका प्रहार गरी १४ रनमा आउट भइन् । नी एरिएनीले कविता र रुविना क्षेत्री (०) लाई लगातार बलमा आउट गरिन् । तर त्यसपछि आएकी भेट्रान सीता रानामगरले ३ चौका प्रहार गरी नेपाललाई विजय दिलाइन् । विजयी चौका प्रहार गरेकी सीता ६ बल खेली १३ रनमा अविजित रहिन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभर खेली ४ विकेट गुमाई १ सय १४ रन बनाएको थियो । कप्तान नन्दा सकार्नीले अविजित ५६ रन बनाएपछि इन्डोनेसियाले राम्रो स्कोर बनाएको थियो । उनले ६२ बल खेली ३ चौका प्रहार गरिन् ।

काडेक विन्डा प्रस्तिनी खेलको दोस्रो बलमै रनआउट भएकी थिइन् भने रहमावती पांगेस्तुतीलाई मनीषा उपाध्यायले १ रनमा आउट गरेपछि इन्डोनेसियाले आफ्ना दुबै ओपनिङ ब्याटरलाई २ रनभित्र गुमाएको थियो । त्यसपछि सकार्नी र नी लुह डेबीले तेस्रो विकेटमा ६५ रनको साझेदारी गरे । डेबीले ३३ बल खेली ३ चौका प्रहार गरी २३ रन बनाइन् ।

पुत्री सुवानदेवी १२ रनमा आउट भइन् भने रादा रानी ३ रनमा अविजित रहिन् । नेपालबाट मनीषाले ४ ओभरमा ९ रनमात्र खर्चेर २ र रिया शर्माले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...