मुख्य समाचार
जेन-जी घटनामा ओली, लेखक र गुरुङले मानव अधिकार हनन गरेको भन्दै कारबाहीको सिफारिस
जेन-जी घटनामा ओली, लेखक र गुरुङले मानव अधिकार हनन गरेको भन्दै कारबाहीको सिफारिस

— राष्ट्रिय मानव अधिकार आयोगले २३ र २४ भदौको जेन-जी घटनाको छानबिनसम्बन्धी प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गरेको छ । आयोगले बुधार सरकारलाई सिफारिस पठाउँदै प्रतिवेदनको केही अंश सार्वजनिक गरेको हो ।

आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको उल्लेख छ । आयोगले उनीहरुसहित अन्यलाई पनि आयोगले जिम्मेवारी र भूमिका अनुसार कारवाही सिफारिस गरेको छ ।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गरेको हो ।

आयोगले मानव अधिकार उल्लंघनका घटनामा कारबाही गर्ने कानुन बनाउँदा बढीमा ६ महिना कैद वा ३ लाखसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था राख्न पनि सिफारिस गरेको छ । आयोगले कारवाहीका लागि सिफारिस गरेका यस्ता विषयहरूको मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन समेत सिफारिसमा भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्यारालल ट्याक्सी-वे 'पी’सहित सहायक ट्याक्सी वे ‘एस’ र ‘एन’लाई बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार नयाँ ट्याक्सी-वे सञ्चालनमा आएपछि विमानहरूको ग्राउण्ड मुभमेन्ट थप प्रभावकारी हुने, सञ्चालन सुरक्षा अभिवृद्धि हुने, रनवे ओगट्ने समय घट्ने तथा विमानस्थलको समग्र सञ्चालन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ ...
— पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क अगाडिका अनधिकृत भौतिक संरचनाहरू भत्काउन सुरु गरेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत महानगरपालिकाले बिहीबारदेखि संरचनाहरूमा डोजर चलाएको हो । उक्त क्षेत्रमा रहेका सहारा क्लब र सामुदायिक प्रहरी सेवा केन्द्रका भवनका साथै हिमाली सांस्कृतिक परिवारले भोगचलन गर्दै आएका संरचना समेत भत्काइएको छ । महानगर प्रमुख धनराज ...
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगकी सदस्य लिली थापा नेतृत्वको समितिले कार्कीले दिएको अभिव्यक्तिका आधारमा उनलाई अनुसन्धान गर्न सिफारिस गरेको हो । कार्कीले प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपश्चात सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई आधार बनाउँदै उनले पनि प्रदर्शनलाई उक्साउन ...
: लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत आज बसेको आठौँ बैठकमा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे। बैठकमा मुख्यमन्त्री आचार्यले ...
: प्रेस काउन्सिल नेपालले मिडियाको आवरणमा उच्छृंखल गतिविधि बढेको भन्दै चिन्ता जनाएको छ। काउन्सिलले आफ्नो स्वअनुगमनबाट सञ्चार क्षेत्रमा गम्भीर प्रवृत्ति देखिएको बताउँदै मर्यादित पत्रकारिता गर्न अपिल गरेको हो। सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा अनलाइन न्यूज पोर्टल दर्ता गरेर सामग्री नहाल्ने, तर भ्युअर र ‘मोनिटाइजेसन’ बढाउन युट्युब, फेसबुक पेज तथा रिलमार्फत अपुष्ट सामग्री ...