मुख्य समाचार
हुवावे नेपालले एआईमा आधारित नेटवर्क सञ्चालन प्रणाली ‘एजेन्टिक कम्युनिकेसन नेटवर्क्स’ अवधारणाबारे जानकारी
हुवावे नेपालले एआईमा आधारित नेटवर्क सञ्चालन प्रणाली ‘एजेन्टिक कम्युनिकेसन नेटवर्क्स’ अवधारणाबारे जानकारी

— हुवावे नेपालले एआईमा आधारित नेटवर्क सञ्चालन प्रणाली ‘एजेन्टिक कम्युनिकेसन नेटवर्क्स’ अवधारणाबारे जानकारी गराएको छ । काठमाडौंमा हालै आयोजित ‘मिनी एमडब्लुसी २०२६’ कार्यक्रममा हुवावेले दूरसञ्चार नेटवर्कलाई थप स्थिर, प्रभावकारी र स्वचालित बनाउन एजेन्टिक कम्युनिकेसन नेटवर्क्स प्रभावकारी हुने उल्लेख गरेको थियो ।

कार्यक्रममा एआई र नयाँ पुस्ताको नेटवर्क प्रविधिबारे छलफल गरिएको कम्पनीले जनाएको छ । हुवावेले ‘नाउ इज योर्स’ नारासहित नेपालमा एआई र दूरसञ्चार व्यवसायलाई जोड्ने रणनीति प्रस्तुत गरेको थियो । कार्यक्रममा हुवावेले एआई फर नेटवर्क्स र नेटवर्क्स फर एआई अवधारणाहरू प्रस्तुत गरेको थियो ।

त्यस्तै, फाइभ-जी एड्भान्स्ड प्रविधि र फाइबर हेल्थकेयर अवधारणाबारे पनि चर्चा गरिएको थियो । कार्यक्रममा एआई केन्द्रित अप्टिकल नेटवर्कबारे कम्पनीका विश्लेषकहरूले प्रस्तुति दिएका थिए । यसले ब्यान्डविथ बढाउने, लेटेन्सी वा विलम्ब घटाउने तथा ऊर्जा खपत कम गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

हुवावेले ‘सिंगल साइट पावर’ र ‘इनर्जी स्टोरेज सिस्टम्स’ समेत प्रस्तुत गरेको थियो । यसले सौर्य ऊर्जा, लिथियम ऊर्जा भण्डारण र दूरसञ्चार उपकरणबीच समन्वय गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाश (भोलिन्टरी बाइआउट) को प्रस्ताव गरेको छ । कम्पनीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा ठूलो लगानी गर्न आवश्यक स्रोत जुटाउने र सञ्चालन खर्च नियन्त्रण गर्ने उद्देश्यले सोमबार स्वेच्छिक अवकाशको प्रस्ताव ल्याएको हो । माइक्रोसफ्टले क्यानडा, भारत, बेलायत र अमेरिकामा रहेका कर्मचारीलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ ...
। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन) ले अब सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नगराउने घोषणा गरेको छ । संघ अध्यक्ष सुधीर पराजुलीका नामबाट आइतबार जारी विज्ञप्ति अनुसार इन्टरनेट सेवा प्रदायकले १९ असोज सोमबारदेखि लागु हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टनेट प्याकेज उपलब्ध नगराइने उल्लेख छ । विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको ...
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...