मुख्य समाचार
प्रेस काउन्सिल नेपालले मिडियाको आवरणमा उच्छृंखल गतिविधि बढेको भन्दै चिन्ता जनाएको छ
प्रेस काउन्सिल नेपालले मिडियाको आवरणमा उच्छृंखल गतिविधि बढेको भन्दै चिन्ता जनाएको छ

: प्रेस काउन्सिल नेपालले मिडियाको आवरणमा उच्छृंखल गतिविधि बढेको भन्दै चिन्ता जनाएको छ। काउन्सिलले आफ्नो स्वअनुगमनबाट सञ्चार क्षेत्रमा गम्भीर प्रवृत्ति देखिएको बताउँदै मर्यादित पत्रकारिता गर्न अपिल गरेको हो।

सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा अनलाइन न्यूज पोर्टल दर्ता गरेर सामग्री नहाल्ने, तर भ्युअर र ‘मोनिटाइजेसन’ बढाउन युट्युब, फेसबुक पेज तथा रिलमार्फत अपुष्ट सामग्री फैलाउने प्रवृत्ति बढेको
उल्लेख गरेका छन्।



काउन्सिलका अनुसार बिना अनुमति अस्पताल, विद्यालय र सरकारी कार्यालयमा प्रवेश गरी अमर्यादित शैली र हप्कीदप्की गर्ने, तथा अभिभावकको अनुमति बिना बालबालिकाको अन्तर्वार्ता लिने गरिएको जनाएको छ।

त्यस्तै, सरकारी कार्यालयमा क्यामरा लिएर छिर्ने, कार्यालय प्रमुख वा लेखा प्रमुखलाई प्रश्न सोधेर अन्तिममा ‘सन्देशमूलक सूचना’ भन्दै जवरजस्ती बिल छाड्ने र आफैँ सम्झौताको ड्राफ्ट बनाएर दस्तखत गरी कार्यालयमा बुझाउने जस्ता डरत्रास देखाउने प्रवृत्ति समेत देखिएको काउन्सिलले जनाएको छ।
प्रेस काउन्सिलले पेसागत आचरण विपरीतका गतिविधि नगर्न आम सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ।

साथै, पत्रकारहरूलाई धम्की दिने कार्य बन्द गरी प्रेस स्वतन्त्रताको निर्वाध उपयोग गर्ने वातावरण निर्माण गरिदिन सम्बद्ध सबै पक्षसँग अनुरोध समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत आज बसेको आठौँ बैठकमा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे। बैठकमा मुख्यमन्त्री आचार्यले ...
: रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा भएको दुर्घटनामा परेर मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुलेको छ। उनी रौतहटकै चन्द्रपुर नगरपालिका—१ पौराई निवासी २६ बर्षीय शेख गुलाम रहेको प्रहरीले जनाएको छ । गुलामको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो । राजविराजबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ...
: सरकारले चालु आर्थिक बर्षमा मुलुकको समग्र आर्थिक बृद्धिदर ३ दशमलव ८५ प्रतिशत हुने अनुमान गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक बर्ष २०८२ /८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्व लगायत प्रतिकूल विश्व परिवेशका बाबजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ...
: सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दरपीठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णयविरुद्धको विवाद संवैधानिक इजलासमा पुगेको छ। विवादमाथि सुनुवाइका लागि सर्वोच्चले प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मासहित न्यायाधीशहरू हरिप्रसाद फुयाल,डा.नहकुल सुवेदी,विनोद शर्मा र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलास गठन गरेको छ। यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दर्ता गर्ने वा नगर्ने विषय ...
: भारत सरकार सहयोगमा ८ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागिसम्झौतामा हस्ताक्षर भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौं, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिने विद्यालयका लागि ठेकेदार कम्पनीहरूसँग सम्झौता गरेको हो। नेपालमा सञ्चालित भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहायताकै हिस्साको रुपमा ५६ करोड २ ...