मुख्य समाचार
एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित
एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित

। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ ।

नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन बनाइन् ।

कप्तान झु आउट हुनुअघिसम्म चीन १५.५ ओभरमा ९०-२ को अवस्थामा थियो । मनिषा उपाध्यायको बलमा उनी आउट भएपछि चीनको रनगति कम भएको थियो ।

नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, मनिषा उपाध्याय र पूजा महतोले १-१ विकेट लिए ।

त्यसअघि मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको हो । पूजा महतोले ५७ बलमा ६ चौकासहित ६३ रन बनाइन् ।

रुबी पोद्दार २२ रनमा अविजित रहिन् भने सोनी पाख्रिनले १८ रन बनाइन् । कविता कुँवरले ५, सम्झना खड्का र रुबिना क्षेत्रीले ४-४ रन बनाए ।

चीनका लागि मा रुइकेले २ विकेट लिइन् भने वान हुइङ र लिय जियापिङले १-१ विकेट लिए ।

प्रतियोगितामा भोलि नेपालले इन्डोनेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...
। नेपाल क्रिकेट संघ (क्यान)ले २५ महिला खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा समेटेको छ । क्यानले सोमबार २५ खेलाडीलाई ४ क्याटगोरीमा समेट्दै ग्रेडिङ गरेको हो । जसअनुसार क्याटगोरी ए मा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महत्तो, पूर्वकप्तान रुविना क्षेत्री र पूर्वउपकप्तान सीता रानामगर छन् । क्याटगोरी बी मा कविता कुँवर, मनिषा उपाध्याय र सम्झना खड्का छन् । विन्दु रावल, ...