मुख्य समाचार
मन्त्री गौरी कुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्योलता हटेको दाबी
मन्त्री गौरी कुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्योलता हटेको दाबी

। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्योलता हटेको दाबी गरेकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले राखेका उक्त मन्त्रालय सम्बन्धी जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हुन् ।

मन्त्री कुमारीले सरोकारवालाहरुसँगको नियमित समन्वयबाट सरकारले त्यस सम्बन्धमा देखिएको अन्यौलता हटाउने काम गरेको मन्त्री कुमारीको भनाइ थियो ।

उनले एमआरपी र आयत नियमन सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरकारले आवश्यक कार्य योजना स्वीकृत गरी आयात भएको वस्तुमा एमआरपी भए नभएको सुनिश्चित गर्ने जिम्मेवारी भन्सार विभागलाई दिएको पनि संसद्‍लाई जानकारी गराइन् ।

उनले भनिन्, ‘उपभोक्ता हित सम्बन्धी ऐन, २०७५ मा व्यवस्था भएअनुसार अधिकत खुद्रा मूल्य (एमआरपी) अनिवार्य कार्यान्वयन र सघन अनुगमन गर्ने भनिएको छ । एमआरपी र आयात नियमन सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनको निम्ति मन्त्रालयबाट कार्ययोजना स्वीकृत गरी आयात हुने वस्तुमा एमआरपी भए/नभएको सुनिश्चित गर्ने जिम्मेवारी भन्सार विभागलाई दिइएको छ ।’

उनले अगाडि भनिन्, ‘यस विषयमा मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्ने गरेको जानकारी गराउन चाहन्छु । अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्ने सन्दर्भमा सुरुमा केही अन्योल सृजना भएको भए पनि सरोकारवालासँगको नियमित समन्वयपछि यो विषय सामान्य बनेको जानकारी गराउन चाहन्छु ।’

मन्त्री कुमारीले सरकारले उपभोक्ता हित सम्बन्धी ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न पनि उचित व्यवस्था मिलाएको बताइन् ।

उनले भारतमा चिया निर्यातमा देखिएको अवरोध पनि सरकारले हटाउन सफल भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालको शिक्षा क्षेत्रमा पहुँच विस्तार भइरहेको देखाए पनि उच्च शिक्षा र माध्यमिक तहको भर्नादरमा गम्भीर नीतिगत सुधारको आवश्यकता रहेको औँल्याएको छ। विद्यालय तहमा विद्यार्थीको सङ्ख्या बढे पनि माध्यमिक तहमा पुग्दा बीचमै पढाइ छाड्ने दर उच्च देखिएको छ । वैदेशिक अध्ययनका लागि विदेशिने युवाहरूको सङ्ख्या उल्लेख्य छ। शैक्षिक सत्र २०८२ ...
। रास्वपा सांसद रीमा विश्वकर्माले कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्ड र पर्यटन बोर्डले स्थापना गरेको स्टलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को पोस्टर नराखिएको कुरा संसदमा उठाएकी छन् । फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएर जुरी पुरस्कार जितेको उक्त फिल्मको पोस्टर नराखिएको भन्दै आलोचना भैरहेको बेलामा विश्वकर्माले उक्त कुरा राखेकी हुन् । प्रतिनिधिसभाको आजको ...
। प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशवासीलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताएका हुन् । ‘म आशा गरिरहेको छु– राष्ट्रबारे के सोच बनाउनुभएको छ, राष्ट्रको दिशा ...
। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षणको कभर (गाता) को रङ फेरेका छन् । सरकारले हरेक वर्षको बजेटअघि सार्वजनिक गर्ने आर्थिक सर्वेक्षण पुस्तिकाको गाता निलो रङमा आउने गरेकोमा यसपालि भने यो नेपाली कागजको रङ (हल्का सुनौलो) मा सुनौलो रङको सिक्का प्रयोग गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा १४ को उपदफा २ मा ...
। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनअपेक्षाअनुसार अवस्था परिवर्तन गर्ने आफ्नो मूल कर्तव्यबाट विचलित भएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकार लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्न उद्यत रहेको आरोप लगाए । प्रवक्ता चालिसेले संसदीय प्रणालीभित्रै बसेर सरकारले यसको मर्मविपरीत काम गरिरहेको टिप्पणी ...