मुख्य समाचार
विश्व भू-राजनीतिक तनाव, मध्यपूर्वी एसियामा जारी युद्ध तथा इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण नेपालको अर्थतन्त्र प्रभावित
विश्व भू-राजनीतिक तनाव, मध्यपूर्वी एसियामा जारी युद्ध तथा इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण नेपालको अर्थतन्त्र प्रभावित

। विश्व भू-राजनीतिक तनाव, मध्यपूर्वी एसियामा जारी युद्ध तथा इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको देखिएको छ।

यद्यपि विदेशी विनिमय सञ्चिति भने हालसम्मकै उच्च अवस्थामा पुगेको छ, जसले १८.५ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको बताइएको छ।

सरकारले बुधबार प्रतिनिधिसभामा पेश गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले मुलुकको समग्र आर्थिक अवस्था प्रभावित हुने आकलन गरेको हो ।

मध्यपूर्वी मुलुकहरूमा कार्यरत नेपाली कामदारको रोजगारी जोखिममा परेकाले विप्रेषण आप्रवाहमा असर पर्ने सम्भावना बढेको छ । यससँगै ती मुलुकबाट नेपाल आउने पर्यटकको सङ्ख्या घट्न सक्ने र पर्यटन आम्दानीमा कमी आउने आकलन गरिएको छ।

युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा उपभोग्य वस्तु तथा निर्माण सामग्रीको मूल्यमा समेत वृद्धि भएको जनाएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले पेस गरेको सर्वेक्षणमा यसको प्रभाव समग्र मूल्यस्तरमा परेको छ भने पछिल्लो अवधिमा मुद्रास्फीति केही बढेको छ। उपभोक्ता मुद्रास्फीति अझै पनि लक्षित सीमाभित्र रहेको जनाइएको छ।

कृषि क्षेत्रमा यस वर्ष मौसमको प्रतिकूल प्रभाव परेकोले उत्पादन घटेको जनाइएको छ ।

तराई क्षेत्रमा धान रोपाइँको समयमा परेको खडेरी र भित्र्याउने समयमा भएको अत्यधिक वर्षाका कारण धान उत्पादन घटेको हो । यसले कृषि उत्पादनमा नकारात्मक असर पारेको छ उल्लेख छ । यद्यपि विद्युत् उत्पादन बढेर ४ हजार १ सय ५ मेगावाट पुगेको छ भने सेवा क्षेत्रको वृद्धि सामान्य रहेको छ।

राजस्व परिचालनमा वृद्धि भए पनि यसको वृद्धिदर अपेक्षाकृत न्यून रहेको सर्वेक्षणमा उल्लेख छ ।

संघट्यठ खर्च बढे पनि पूँजीगत खर्चमा कमी आएको छ । राजस्वको तुलनामा खर्च वृद्धि हुँदा स्रोत व्यवस्थापनका लागि ऋणमाथिको निर्भरता बढेको छ। फलस्वरूप सार्वजनिक ऋण २०८२ फागुन मसान्तसम्म २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षमा भने बाह्य क्षेत्रका सूचकहरू सकारात्मक देखिएका छन्।

कुल वस्तु व्यापारमा निकासीको हिस्सा बढेको छ। विप्रेषण आप्रवाह, सूचना प्रविधि तथा अन्य व्यवसायिक सेवाको निर्यातबाट आम्दानी बढेकाले चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको उल्लेख छ ।

विदेशी विनिमय सञ्चिति पनि हालसम्मकै उच्च अवस्थामा पुगेको छ, जसले १८.५ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको बताइएको छ।

वित्तीय पहुँच विस्तारसँगै विद्युतीय भुक्तानी कारोबारमा वृद्धि भएको उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता र कम ब्याजदर हुँदाहुँदै पनि निजी क्षेत्रमा अपेक्षित कर्जा प्रवाह हुन नसकेको उल्लेख छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेको उल्लेख छ । बीमा पहुँच विस्तार भएसँगै बीमा प्रिमियम संकलन बढेको भए पनि पूँजी बजारमा उच्च उतारचढाव कायमै रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा व्याप्त अनियमितता रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्न सञ्चालन गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत १० व्यापारिक फर्ममाथि कारबाही गरेको छ । विभागले २८ वैशाखदेखि ३ जेठसम्म विशेष बजार अनुगमन अभियान सञ्चालन गरेको थियो । त्यस अवधिमा विभाग टोलीले विभिन्न बजार पुगेर २ सय ५ व्यावसायिक फर्म तथा पसलको ...
— चालु आर्थिक वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १४.८२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको थियो । चालु आर्थिक वर्ष २ ...
: प्रतिनिधिसभा, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान कर तथा भन्सार महसुलको पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो। समिति सभापति रहबर अन्सारीले नेपाली उद्योगले लामो समयदेखि आफ्नो प्रतिस्पर्धात्मक क्षमता घट्दै गएको गुनासो गरिरहेको सन्दर्भमा समितिले उक्त निर्देशन दिएको जानकारी ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको आकार ठूलो बनाउने सरकारको लक्ष्य भएकाले यसपटकको नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता र बजेट त्यसतर्फ सोझिएको बताएका हुन्। उनले आर्थिक सुधारका कामहरूलाई ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक बजेट निर्माणमा पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले आठ पूर्वअर्थमन्त्रीहरूसँग नयाँ बजेटमा सुझाव लिएको मन्त्रालयले जानकारी गरिएको छ। कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न अर्थमन्त्री वाग्लेलाई आग्रह गरे। उनले तयारी नभएको खुद्रा र टुक्रे आयोजनामा बजेट नछर्न ...