मुख्य समाचार
प्रधानमन्त्री बालेन शाह संसद्प्रति अनुदार हुनु लज्जास्पद विषय भएको टिप्पणी
प्रधानमन्त्री बालेन शाह संसद्प्रति अनुदार हुनु लज्जास्पद विषय भएको टिप्पणी

। नेपाली कांग्रेसकी सांसद कमला पन्तले प्रधानमन्त्री बालेन शाह संसद्प्रति अनुदार हुनु लज्जास्पद विषय भएको टिप्पणी गरेकी छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

जुन संस्थाले प्रधानमन्त्री बनायो त्यही संस्थाप्रति अनउत्तरदायी हुनु लाजमर्दो विषय भएको उनको भनाइ छ ।

उनले सरकार संसद्प्रति जिम्मेवार हुने विषयमा सत्तारुढ दल र स्वयं प्रधानमन्त्री संवेदनशील हुनु जरुरी रहेको बताइन् ।

सांसद पन्तले सरकारको नेतृत्व गर्ने व्यक्ति भन्दा पनि प्रधानमन्त्री संस्था महत्त्वपूर्ण भएको उल्लेख गर्दै संसद्प्रति अनुदार व्यवहार गर्नु उचित नभएको बताइन् ।

उनले भनिन्, ‘संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ? यो उपेक्षा किन भएको होला ? सत्तारुढ दल र स्वयं प्रधानमन्त्रीले पनि संवेदनशील हुनुपर्ने कुरा मुख्य हो । को आयो ? को गयोसँग हाम्रो कुनै सरोकार छैन । को व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ भन्ने कुरासँग पनि हाम्रो कुनै सरोकार छैन । तर प्रधानमन्त्री भनेको एउटा संस्था हो । त्यो संस्थाले आफूलाई प्रधानमन्त्री बनायो त्यही संसद्प्रति अनुदार हुनु भनेको लज्जास्पद कुरा हो ।’

उनले सबै राजनीतिक दलहरुसँग संवादमार्फत नागरिकका समस्या हल गर्नतर्फ समेत सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालको शिक्षा क्षेत्रमा पहुँच विस्तार भइरहेको देखाए पनि उच्च शिक्षा र माध्यमिक तहको भर्नादरमा गम्भीर नीतिगत सुधारको आवश्यकता रहेको औँल्याएको छ। विद्यालय तहमा विद्यार्थीको सङ्ख्या बढे पनि माध्यमिक तहमा पुग्दा बीचमै पढाइ छाड्ने दर उच्च देखिएको छ । वैदेशिक अध्ययनका लागि विदेशिने युवाहरूको सङ्ख्या उल्लेख्य छ। शैक्षिक सत्र २०८२ ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्योलता हटेको दाबी गरेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले राखेका उक्त मन्त्रालय सम्बन्धी जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हुन् । मन्त्री कुमारीले सरोकारवालाहरुसँगको नियमित समन्वयबाट सरकारले त्यस सम्बन्धमा देखिएको अन्यौलता हटाउने काम गरेको मन्त्री कुमारीको भनाइ थियो । उनले एमआरपी र ...
। रास्वपा सांसद रीमा विश्वकर्माले कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्ड र पर्यटन बोर्डले स्थापना गरेको स्टलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को पोस्टर नराखिएको कुरा संसदमा उठाएकी छन् । फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएर जुरी पुरस्कार जितेको उक्त फिल्मको पोस्टर नराखिएको भन्दै आलोचना भैरहेको बेलामा विश्वकर्माले उक्त कुरा राखेकी हुन् । प्रतिनिधिसभाको आजको ...
। प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशवासीलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताएका हुन् । ‘म आशा गरिरहेको छु– राष्ट्रबारे के सोच बनाउनुभएको छ, राष्ट्रको दिशा ...
। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षणको कभर (गाता) को रङ फेरेका छन् । सरकारले हरेक वर्षको बजेटअघि सार्वजनिक गर्ने आर्थिक सर्वेक्षण पुस्तिकाको गाता निलो रङमा आउने गरेकोमा यसपालि भने यो नेपाली कागजको रङ (हल्का सुनौलो) मा सुनौलो रङको सिक्का प्रयोग गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा १४ को उपदफा २ मा ...