मुख्य समाचार
जेनजी आन्दोलनका क्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै उनलाई शंकाको दायरामा राखी सुक्ष्म अनुसन्धान सिफारिस
जेनजी आन्दोलनका क्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै उनलाई शंकाको दायरामा राखी सुक्ष्म अनुसन्धान सिफारिस

। राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै उनलाई शंकाको दायरामा राखी सुक्ष्म अनुसन्धान सिफारिस गरेको छ ।

आयोगले गरेको छानिबन प्रतिवेदनमा यो लामिछानेसहित नख्खु कारागार प्रशासन सत्यराज जोशी र रास्वपाकै सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिस गरेको छ ।

‘कारागार र बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबिझ्याईंकर्तालाई कारागार बाहिर पठाउन सहयोग गरी माथि उल्लेख गरेबमोजिम आम नेपाली नागरिकहरुको मानव अधिकार उल्लंघन हुने कार्यमा रवि लामिछाने र नख्खु कारागार प्रशासक सत्यराज जोशीको पनि संलग्नता रहेको देखिन्छ’ प्रतिवेदनमा छ,’ जेलर सत्यराज जोशी र रवि लामिछानेलाई सोधपुछ गर्दा उनीहरूको बयान बाझिएको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

जेलरले रवि लामिछानेका सहयोगी र समर्थकको डर, त्रास र धम्कीपूर्ण दबाबमा परेर लामिछानेलाई छोड्ने पत्रमा सहीछाप गरेको बयान दिएका थिए। तर, रवि लामिछानेले भने जेलरले नै आफूलाई ‘तपाईं बाहिर गए जेल सुरक्षित हुन्छ’ भनेर छोडेको बयान दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनअपेक्षाअनुसार अवस्था परिवर्तन गर्ने आफ्नो मूल कर्तव्यबाट विचलित भएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकार लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्न उद्यत रहेको आरोप लगाए । प्रवक्ता चालिसेले संसदीय प्रणालीभित्रै बसेर सरकारले यसको मर्मविपरीत काम गरिरहेको टिप्पणी ...
। सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस्तो जानकारी दिएकी हुन् । ‘आर्थिक वर्ष २०८३/८४ मा करिब १ खर्बको काठ बेच्ने लक्ष्य राखेको छु,’ प्रतिनिधिसभाको बैठकलाई उनले जानकारी गराइन् । यसले नेपाली बजारको माग मात्रै पूरा नगरी विदेश निर्यात हुने उनको विश्वास छ । ...
। देशभरि ६२ लाख ४९ हजार सवारीसाधन दर्ता भएका छन् । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार दर्ता सवारी साधनमध्ये ५० लाखभन्दा धेरै मोटरसाइकल रहेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म ८ महिनामा मात्र बस, मिनीबस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकलसहितका सवारी साधन गरी कुल २ लाख ८१ हजार ९ सय २१ यातायातका साधन दर्ता भएका ...
। रास्वपा सांसद निशा डाँगीले सभामुख र सांसदहरु बस्ने कुर्सी कुन देशबाट आयात गरेको काठबाट बनेको हो भनेर प्रश्न गरेकी छन् । अघिल्लो कार्यकालदेखि नै आफूले यो प्रश्नको उत्तर खोजिरहेको जानकारी गराउँदै डाँगीले आजको प्रतिनिधि सभा बैठकमा प्रश्न गरिन् ‘दुई–तीन पछि हामी नयाँ संसद जाँदैछौं र उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसदहरु बस्ने कुर्सी कुन ...
। नेपालको अर्थतन्त्र अत्यधिक उपभोग केन्द्रित रहेको पाइएको छ । जहाँ कुल गार्हस्थ उत्पादन (जीडीपी) को ९० प्रतिशतभन्दा बढी हिस्सा उपभोगमै खर्च हुने गरेको छ । बुधबार सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्ष कुल उपभोगको अंश जीडीपीको ९०.३ प्रतिशत रहने अनुमान गरिएको छ । पछिल्लो एक दशकको प्रवृत्ति हेर्दा जीडीपीमा कुल उपभोगको औसत हिस्सा ९०.८ ...