मुख्य समाचार
नख्खु कारागारबाट कैदीबन्दीहरू भागेको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने किटान
नख्खु कारागारबाट कैदीबन्दीहरू भागेको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने किटान

। राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदनले नख्खु कारागारबाट कैदीबन्दीहरू भागेको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने किटान गरेको छ ।

यस प्रकरणमा रास्वपाका नेताद्वय झा र ढकालको भूमिका र संलग्नताका विषयमा पनि अनुसन्धान गरेर कानुन बमोजिम कारबाही गर्न आयोगले सिफारिस गरेको हो ।




लामिछानेलाई कारागारबाट बाहिर निकाल्ने प्रक्रिया र त्यसपछिका घटनाक्रमहरूमा यी नेताहरूको उपस्थिति र भूमिकाले गर्दा अनुसन्धानको घेरामा उनीहरू पनि परेका हुन्।

प्रतिवेदनको प्रकरण १५ मा कारागार प्रशासक (जेलर) सत्यराज जोशी र रास्वपा सभापति रवि लामिछानेको बयान एक-अर्कासँग पूर्ण रूपमा बाझिएको उल्लेख छ।




अनुसन्धान समितिको सोधपुछका क्रममा जेलर सत्यराज जोशीले आफू लामिछानेका सहयोगी र समर्थकहरूको निरन्तरको डर, त्रास र धम्कीपूर्ण दबाबमा परेर लामिछानेलाई कारागारबाट छोड्ने पत्रमा हस्ताक्षर गर्न बाध्य भएको बयान दिएका छन्।

तर, रवि लामिछानेले भने त्यसको ठीक विपरीत जेलरले नै आफूलाई ‘तपाईँ बाहिर गए जेल सुरक्षित हुन्छ’ भन्दै कारागारबाट बाहिर पठाएको दाबी गरेका छन्।

जेलरले दबाबमा हस्ताक्षर गरेको भए पनि सो घटनाबारे तत्काल सम्बन्धित निकायमा कुनै जानकारी नगराउनुले उनको कार्यशैलीमाथि पनि गम्भीर शङ्का उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार, यस घटनामा १३,५८५ कैदीबन्दी र ९७४ उमेर नपुगेका कैदीहरू कारागारबाट भागेका थिए भने उक्त क्रममा १० जनाको मृत्यु भएको थियो। भागेका कैदीहरूले पुनः अपराधमा संलग्न भई समाजमा भय र त्रासको वातावरण सिर्जना गरेका छन्।

आयोगले भनेको छ, ‘गैरकानूनी रूपमा कारागारबाट बाहिरिएका व्यक्तिहरूका कारण नागरिकको बाँच्न पाउने अधिकार र अपराध पीडितको हक हनन भएको छ।’

मानव अधिकारको आधुनिक अवधारणालाई टेकेर आयोगले राजनीतिक व्यक्तिहरू र उनीहरूका सहयोगीहरू पनि मानव अधिकार परिपालनामा समान रूपमा जिम्मेवार हुनुपर्ने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको अर्थतन्त्र अत्यधिक उपभोग केन्द्रित रहेको पाइएको छ । जहाँ कुल गार्हस्थ उत्पादन (जीडीपी) को ९० प्रतिशतभन्दा बढी हिस्सा उपभोगमै खर्च हुने गरेको छ । बुधबार सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्ष कुल उपभोगको अंश जीडीपीको ९०.३ प्रतिशत रहने अनुमान गरिएको छ । पछिल्लो एक दशकको प्रवृत्ति हेर्दा जीडीपीमा कुल उपभोगको औसत हिस्सा ९०.८ ...
। श्रीलङ्काले नेपालसहित ४० देशका नागरिकलाई ३० दिन अवधिको नि:शुल्क पर्यटक भिसा प्रदान गर्ने व्यवस्था लागू गरेको छ। श्रीलङ्काको अध्यागमन प्रणालीले जारी गरेको नयाँ सूचनाअनुसार यो नियम सन् २०२६ मे २५ देखि कार्यान्वयनमा आएको हो। काठमाडौंस्थित श्रीलङ्काली दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार, नयाँ व्यवस्थासँगै अब नेपाली नागरिकले भ्रमणका लागि श्रीलङ्का जाँदा भिसा शुल्क तिर्नुपर्ने छैन। यद्यपि, ...
। नेपाली कांग्रेसकी सांसद कमला पन्तले प्रधानमन्त्री बालेन शाह संसद्प्रति अनुदार हुनु लज्जास्पद विषय भएको टिप्पणी गरेकी छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । जुन संस्थाले प्रधानमन्त्री बनायो त्यही संस्थाप्रति अनउत्तरदायी हुनु लाजमर्दो विषय भएको उनको भनाइ छ । उनले सरकार संसद्प्रति जिम्मेवार हुने विषयमा सत्तारुढ दल र स्वयं प्रधानमन्त्री संवेदनशील हुनु ...
। नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन माग गरेको छ । रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि नाम सिफारिस गर्ने समितिले एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका नागरिकलाई ७ दिनभित्र आवेदन दिन भनेको छ । जेठ १९ गतेभित्र इच्छुक नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन पेश ...
। आर्थिक सर्वेक्षण २०८२/८३ ले मुलुकको औद्योगिक क्षेत्रमा क्रमिक सुधार भइरहेको देखाएको छ । सर्वेक्षणका अनुसार खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.५२ प्रतिशत रहने अनुमान गरिएको छ, जुन गत आर्थिक वर्षमा १.३९ प्रतिशतमात्र थियो । निर्माण क्षेत्रमा भएको सुधार र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा भएको वृद्धिका कारण यो क्षेत्रको कुल मूल्य अभिवृद्धिमा ...