मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएको भन्दै साम्पाङले संसद् बैठक बहिष्कार
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएको भन्दै साम्पाङले संसद् बैठक बहिष्कार

। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् ।

आफूहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै उनले सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गरे । सभामुखले हिजो पनि यो विषयमा कुरा भएको बताए ।

साम्पाङले प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा आफूलाई बैठकबाट निकाल्नुपर्ने माग राखे । प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ मा प्रधानमन्त्री र मन्त्रीले प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ सात दिनभित्र दिनुपर्ने व्यवस्था छ । यसको पालना प्रधानमन्त्रीले नगरेको साम्पाङको भनाइ छ ।

यस्तोमा बरु आफूलाई नै संसद् बैठकबाट निकाल्न उनले सभामुखलाई आग्रह गरे । केहीबेर सवालजवाफ भएपछि साम्पाङ बैठक कक्षबाट निस्किए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आर्थिक सर्वेक्षण २०८२/८३ ले मुलुकको औद्योगिक क्षेत्रमा क्रमिक सुधार भइरहेको देखाएको छ । सर्वेक्षणका अनुसार खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.५२ प्रतिशत रहने अनुमान गरिएको छ, जुन गत आर्थिक वर्षमा १.३९ प्रतिशतमात्र थियो । निर्माण क्षेत्रमा भएको सुधार र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा भएको वृद्धिका कारण यो क्षेत्रको कुल मूल्य अभिवृद्धिमा ...
। वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३ सय जना नेपाली श्रमिक माग गरेको छ। नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न नेपाली श्रमिक छनोटका लागि आवेदन खुलाइएको विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको सूचनाअनुसार माग गरिएको कुल संख्यामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत ...
। संघीय संसद् सचिवालयले हाल प्रतिनिधिसभाको बैठक बसिरहेकै संसद् हलबाट बजेट ल्याउने तयारी गरेको छ । बन्दै गरेको नयाँ संसद् हलको फिनिसिङ लगायतका कार्य नसकिएकाले हाल बसिरहेकै बहुउद्देश्यीय हलबाट बजेट ल्याउने तयारी भएको हो । बजेट प्रस्तुत गर्नु अगाडि रिहर्सल गर्ने अभ्यास छ । रिहर्सल बिहीबार बहुउद्देश्यीय हलमै गर्ने तयारी छ । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता ...
। नेकपा एमालेले प्रतिनिधि सभाको नयाँ बैठक कक्षका सिट फिल्म हल जस्तो र टेबल कक्षाकोठाको जस्तो बनाइएको टिप्पणी गरेको छ । आजको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक ऐनसिंह महरले नयाँ संसद हलमाथि प्रश्न उठाएका हुन् । ‘त्यो सभा हल प्रतिनिधि सभाको हल हो, त्यहाँ सांसदहरु फिल्म हेर्न आएका होइनन्,’ महरले भने, ‘ती सिटहरु फिल्महलको जस्तो बनाइएको ...
। पूर्वमिस नेपाल तथा रास्वपा सांसद अनुष्का श्रेष्ठले ‘अरेन्ज इकोनमी’ लाई सघाउने हिसाबले फिल्म विधेयक बनाउनु पर्ने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै उनले यस्तो बताएकी हुन् । अब आउने चलचित्र कानुनले विद्यमान समस्यालाई सम्बोधन मात्र नगरि, अब आउने चुनौतीलाई पनि सकारात्मकरुपमा सम्बोधन ...