मुख्य समाचार
लुम्बिनीमा थारू समुदायको प्रथाजनित विधेयक पेश
लुम्बिनीमा थारू समुदायको प्रथाजनित विधेयक पेश

: लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत मंगलबार बसेको सातौं बैठकमा थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पेश गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन।

प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथाजनित कविला गण संरचना, संगठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्सा जस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रवर्द्धन र पुस्तान्तरणका लागि कानुनी व्यवस्था आवश्यक रहेकोले प्रथाजनित विधेयक ल्याइएको मन्त्री तिमिल्सिनाले जनाए।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थारू समुदायको जनसंख्या १८ लाख ७ हजार १२४ अर्थात् कुल जनसंख्याको ६.२ प्रतिशत रहेको छ। लुम्बिनी प्रदेशमा मात्रै थारू समुदायको जनसंख्या ७ लाख ३२ हजार ६९ अर्थात् १४.३ प्रतिशत रहेको तथ्यांक छ। दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा थारू समुदायको उल्लेख्य बसोबास रहेको छ।

नीति तथा कार्यक्रममाथि छलफल सुरु

आर्थिक वर्ष २०८३०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ। प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभाले छलफल प्रक्रिया अगाडि बढाएको हो। बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३९ को उपनियम (१) बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन। त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न सुरु गरेका हुन्।

छलफलमा प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, निलम पासवान, भण्डारीलाल अहिर, भगवती अधिकारी, मिना कुमारी श्रेष्ठ तथा विष्णु प्रसाद पन्थीले भाग लिए। उनीहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास प्राथमिकता, कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राखे।

बैठकमा नीति तथा कार्यक्रममाथि कुनै संशोधन प्रस्ताव दर्ता नभएको जानकारी सभामुख तुलाराम घर्तीमगर ले जानकारी गराएका थिए। प्रदेश सभाले नीति तथा कार्यक्रममाथिको छलफललाई आगामी बैठकमा निरन्तरता दिने निर्णय गरेको छ। बैठकको प्रारम्भमा समसामयिक विषयमा शून्य समयमा विभिन्न ११ जना प्रदेश सभा सदस्यहरूले आफ्ना धारणा राखेका थिए। प्रदेश सभाको अर्को बैठक जेठ १३ गते बुधबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले प्रधानमन्त्री उपस्थित हुने वा नहुने कुरामा विपक्षीले संसदमा हलो अड्काउन नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै रास्वपा सांसद खरेलले आठ वटा अध्यादेश सरकारले संसदमा किन ल्याउनु पर्‍यो भनेर आज महसुस भइरहेको बताएका छन् । उनले संसद विपक्षीको अवरोधकै कारण २०७ सालमा बनेको संविधान अनुसार जति ...
: प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयु) तथा यसका सदस्य राष्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताए। उक्त ...
: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको ‘कानेखुसी’ ले संसद अगाडि बढ्न नसक्ने आरोप लगाएको छ । प्रतिनिधिसभाको आजको वैठकको दोस्रो चरणमा बोल्दै कांग्रेस सांसद निश्कल संसदको गरिमामाथि प्रश्न उठाएका हुन् । सांसद राईले क्रमभङ्गताले संसदको गरिमा अझ बढाउँछ जस्तो लागे पनि त्यस्तो नभएको टिप्पणी गरे । उनले आफ्नो पार्टीको सांसद गीता स्याङतानलाई फोटो खिचेको निहुँमा ...
: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा उपस्थित हुने भएका छन्। सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले एक हप्ताभित्र प्रधानमन्त्री शाह संसदमा उपस्थित हुने जानकारी दिए। 'एक हप्ताभित्र उहाँ संसदमा आउनुहुन्छ,' उनले भने। तर, प्रधानमन्त्री शाहले संसदमा उपस्थितमात्र हुने हुन् वा सम्बोधन पनि गर्ने हुन् भन्ने विषय पार्टी महामन्त्रीसमेत रहेका बुर्लाकोटीले खुलाएनन्। यसैबीच विपक्षी दलका ...
: नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । प्रस्तावबमोजिम बालाजु महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म सो प्रसारण लाइन जोडिनेछ । बालाजु सवस्टशेनदेखि सिंहदरबारसम्म जोडिने सो प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ ...