मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताए
प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताए

: प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयु) तथा यसका सदस्य राष्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताए।

उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारे।
'नयाँ हुनुको अर्थ विगतबाट पूर्णरूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं,' प्रधानमन्त्री शाहले भने।

उनले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको दोहोर्‍याएका थिए। जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारे। 'हाम्रा छिमेकी, विकास साझेदार र मित्रराष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ,' उनले भने।

उनले नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्‍याउँदै आएको भन्दै नेपालका सबै विकास साझेदार र मित्रराष्ट्रहरूप्रति आभार प्रकट गरेका थिए। उनले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको स्पष्ट पारे।

भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढी पीडा भोग्नुपरेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिएका थिए।

भेटमा काठमाडौं र नयाँ दिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौंस्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले प्रधानमन्त्री उपस्थित हुने वा नहुने कुरामा विपक्षीले संसदमा हलो अड्काउन नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै रास्वपा सांसद खरेलले आठ वटा अध्यादेश सरकारले संसदमा किन ल्याउनु पर्‍यो भनेर आज महसुस भइरहेको बताएका छन् । उनले संसद विपक्षीको अवरोधकै कारण २०७ सालमा बनेको संविधान अनुसार जति ...
: लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत मंगलबार बसेको सातौं बैठकमा थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पेश गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन। प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथाजनित कविला गण संरचना, संगठन, ...
: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको ‘कानेखुसी’ ले संसद अगाडि बढ्न नसक्ने आरोप लगाएको छ । प्रतिनिधिसभाको आजको वैठकको दोस्रो चरणमा बोल्दै कांग्रेस सांसद निश्कल संसदको गरिमामाथि प्रश्न उठाएका हुन् । सांसद राईले क्रमभङ्गताले संसदको गरिमा अझ बढाउँछ जस्तो लागे पनि त्यस्तो नभएको टिप्पणी गरे । उनले आफ्नो पार्टीको सांसद गीता स्याङतानलाई फोटो खिचेको निहुँमा ...
: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा उपस्थित हुने भएका छन्। सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले एक हप्ताभित्र प्रधानमन्त्री शाह संसदमा उपस्थित हुने जानकारी दिए। 'एक हप्ताभित्र उहाँ संसदमा आउनुहुन्छ,' उनले भने। तर, प्रधानमन्त्री शाहले संसदमा उपस्थितमात्र हुने हुन् वा सम्बोधन पनि गर्ने हुन् भन्ने विषय पार्टी महामन्त्रीसमेत रहेका बुर्लाकोटीले खुलाएनन्। यसैबीच विपक्षी दलका ...
: नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । प्रस्तावबमोजिम बालाजु महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म सो प्रसारण लाइन जोडिनेछ । बालाजु सवस्टशेनदेखि सिंहदरबारसम्म जोडिने सो प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ ...