मुख्य समाचार
पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले एक हप्ताभित्र प्रधानमन्त्री शाह संसदमा उपस्थित हुने जानकारी
पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले एक हप्ताभित्र प्रधानमन्त्री शाह संसदमा उपस्थित हुने जानकारी

: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा उपस्थित हुने भएका छन्। सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले एक हप्ताभित्र प्रधानमन्त्री शाह संसदमा उपस्थित हुने जानकारी दिए।

'एक हप्ताभित्र उहाँ संसदमा आउनुहुन्छ,' उनले भने। तर, प्रधानमन्त्री शाहले संसदमा उपस्थितमात्र हुने हुन् वा सम्बोधन पनि गर्ने हुन् भन्ने विषय पार्टी महामन्त्रीसमेत रहेका बुर्लाकोटीले खुलाएनन्।

यसैबीच विपक्षी दलका सांसदहरूले सभामुख डोलप्रसाद अर्याललाई प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन रुलिङ गर्नुपर्ने माग गरे। नेकपा एमालेका सांसद पद्मा अर्याल, राप्रपा सांसद खुश्बी ओलीलगायतले सभामुख अर्याललाई रुलिङ गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयु) तथा यसका सदस्य राष्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताए। उक्त ...
: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको ‘कानेखुसी’ ले संसद अगाडि बढ्न नसक्ने आरोप लगाएको छ । प्रतिनिधिसभाको आजको वैठकको दोस्रो चरणमा बोल्दै कांग्रेस सांसद निश्कल संसदको गरिमामाथि प्रश्न उठाएका हुन् । सांसद राईले क्रमभङ्गताले संसदको गरिमा अझ बढाउँछ जस्तो लागे पनि त्यस्तो नभएको टिप्पणी गरे । उनले आफ्नो पार्टीको सांसद गीता स्याङतानलाई फोटो खिचेको निहुँमा ...
: नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । प्रस्तावबमोजिम बालाजु महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म सो प्रसारण लाइन जोडिनेछ । बालाजु सवस्टशेनदेखि सिंहदरबारसम्म जोडिने सो प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ ...
: झापामा हावाहुरी र चट्याङले ठूलो क्षति पुर्‍याएको छ । गए राति वर्षासहितको हावाहुरी तथा चट्याङका कारण झापाका विभिन्न स्थानमा घर, कृषि फार्म, उद्योग, विद्युत् संरचना, अन्नबाली तथा सवारीसाधनमा व्यापक क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार जिल्लाका गौरादह, हल्दिबारी, बिर्तामोड, दमक तथा मेचीनगर क्षेत्रमा गरी लाखौँ रुपैयाँ बराबरको क्षति पुगेको ...
: नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेल सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा सांसद केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गरेर उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेल सम्मेलन गर्न माग गरेका हुन्। आयोगमा संविधानविद्,राजनीतिक दल,प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गर्नुपर्ने उनको भनाइ ...