मुख्य समाचार
ग्रामीण भेगमा सञ्चार सेवा विस्तारका लागि ग्रामीण दूरसञ्चार कोषमा थन्किएको रकम तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण
ग्रामीण भेगमा सञ्चार सेवा विस्तारका लागि ग्रामीण दूरसञ्चार कोषमा थन्किएको रकम तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण

। प्रतिनिधि सभा सदस्य महावीर पुनले ग्रामीण भेगमा सञ्चार सेवा विस्तारका लागि ग्रामीण दूरसञ्चार कोषमा थन्किएको रकम तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पुनले कोषमा अर्बौँ रुपैयाँ मौज्दात रहे पनि सरकारले खर्च गर्न नसक्दा ग्रामीण जनता सञ्चार सुविधाबाट बञ्चित हुनुपरेको बताए ।

‘गाउँगाउँमा इन्टरनेट र टेलिफोन पुर्‍याउन सरकारसँग बजेट नभएको होइन, भएको पैसा खर्च गर्न नसकेको मात्र हो । सदनमा माग मात्र राख्नुभन्दा सञ्चार मन्त्रालय र प्राधिकरणलाई सो कोषको रकम परिचालन गर्न दबाब दिनु आवश्यक छ,’ उनले भने ।

सांसद पुनकाअनुसार नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गतको ग्रामीण दूरसञ्चार कोषमा हाल करिब १६ अर्ब रुपैयाँ जम्मा रहेको छ । उक्त कोष २०५३ सालदेखि सेवाग्राहीले टेलिफोन प्रयोग गरेबापत भुक्तानी गर्ने रकमको २ प्रतिशत कट्टी गरेर संकलन गरिएको हो ।

सांसद पुनले काठमाडौँ उपत्यकामा ट्याक्सीको नयाँ दर्ता प्रक्रिया रोकिँदा सिन्डिकेट मौलाएको भन्दै सो व्यवस्था हटाउन माग पनि गरे ।

वि.सं. २०५७ सालमा करिब ७ हजार ५ सय ट्याक्सी दर्ता रहेको र २०७२ सालको भूकम्पपछि थप १ हजार ५ सय ट्याक्सी थपिएर हाल जम्मा ९ हजारको हाराहारीमा मात्र ट्याक्सी सञ्चालनमा रहेको उनले जानकारी दिए ।

विगत दुई दशकमा काठमाडौंको जनसंख्यामा उल्लेख्य वृद्धि भएपनि ट्याक्सीको संख्या नबढ्नुले मिलेमतो र सिन्डिकेटलाई प्रश्रय दिएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले नेपालको उड्डयन क्षेत्रमा विश्वास पुनर्स्थापना गर्नु नेपाल र ईयू दुवैको साझा उद्देश्य भएको बताएकी छन् । उनले नेपाललाई ईयूको एयर सेफ्टी सूचीबाट हटाउन उड्डयन सुरक्षासम्बन्धी सुधारमा ठोस प्रगति आवश्यक रहेको पनि उल्लेख गरिन् । मे २६ मा नेपाल भ्रमणमा रहेका ईयू सदस्य राष्ट्रका मिसन प्रमुखहरूसँग आयोजित ...
। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । अदालतका तहसिलदार देवराज भट्टराईले मेयर सिंहलाई पक्राउ गर्न अनुमति दिएको पुष्टि गरे । उनका अनुसार यो अनुमति ८ जेठमै दिइएको हो । जिल्ला प्रहरी कार्यालय पर्सका डीएसपी हरिबहादुर बस्नेतले मेयर सिंहविरुद्ध ...
। सङ्खुवासभा मकालु गाउँपालिकामा अवस्थित मकालु हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका एक जना पथप्रदर्शक (गाइड) मृत अवस्थामा फेला परेका छन् । मकालु गाउँपालिका–१ वालुङका ४० वर्षीय फुर्वा वाङदेल शेर्पा मकालु हिमाल आरोहण गरेर फर्किने क्रममा लडेर सम्पर्कविहीन भएका थिए । पथप्रदर्शक शेर्पाको शव सोमबार मकालु हाइ क्याम्प क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा प्रहरी नायव ...
। सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डीएसपी सरोज राईका अनुसार सोमबार दिउँसो करिब ४ बजे सीमा स्तम्भ नम्बर ३१७/२ देखि करिब ५० मिटर पूर्वतर्फ दशगजाको डिलमा नेपालतर्फ अन्दाजी ५० वर्ष उमेरका पुरुषको शव फेला परेको हो । मृतकको ...
। राष्ट्रिय सभाकी उपाध्यक्ष लीला कुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्यलगायत विषयमा छलफल भएको थियो । उपाध्यक्ष भण्डारीले नेपाल र चीनबीच शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पुरानो मित्रता तथा पारस्परिक संवेदनशीलताको ...