मुख्य समाचार
प्रधानमन्त्री संसद्‍मा कहिले आउँछन् ?, सभामुखको जवाफ : सदन चलेकै दिन
प्रधानमन्त्री संसद्‍मा कहिले आउँछन् ?, सभामुखको जवाफ : सदन चलेकै दिन

। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद् चलेकै दिन संसद्‍मा उपस्थित हुने बताएका छन् ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र संसद्लाई सम्बोधन खोजिरहेका बेला सभामुख अर्यालले यस्तो बताएका हुन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री कहिले आउँछन् भनेर समय नै यकिन हुनुपर्ने र यो विषयमा सभामुखबाटै रुलिङ हुनुपर्ने माग राखेका छन् ।

जवाफमा सभामुखले छिट्टै प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने बताएका हुन् ।

‘माननीय सदस्यहरूले मिति माग्नुभएको छ । डेट, समय,’ सभामुख अर्यालले भनेका छन्, ‘सदन चलेकै दिन आउनुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू । म सदन चलेकै दिन सम्माननीयज्यूलाई बोलाउँछु ।’

प्रधानमन्त्रीले समय तय गरेर त्यसको सूचना दिएपछि त्यसबारे सदनलाई जानकारी गराउने पनि उनले बताएका छन् ।

त्यसअघि सभालाई रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले एक हप्ताभित्र संसद्लाई सम्बोधन गर्न सक्ने बताएका थिए ।

सोमबारको पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यसक्रममा प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेको स्मरण गर्दै उनले प्रतिनिधिसभा बैठकलाई यस्तो आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेँ’ उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ । सम्मभवत एक हप्ताभित्रै सदनमा आउने जानकारी गराउँदछु ।’

यसपछि पनि विपक्षी दलहरूले सभामुखबाटै रुलिङ हुनुपर्ने र मिति तय गरिनुपर्ने माग गरेपछि सभामुख अर्यालले आफूले दिनमा उठेको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको र यही नै रुलिङ भएको प्रष्टीकरण दिए ।

कुन दिन आउने भनेर मिति तय गर्ने विषयमा समन्वय चाहिने भन्दै सदन चलेकै दिन आउने जवाफ दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डीएसपी सरोज राईका अनुसार सोमबार दिउँसो करिब ४ बजे सीमा स्तम्भ नम्बर ३१७/२ देखि करिब ५० मिटर पूर्वतर्फ दशगजाको डिलमा नेपालतर्फ अन्दाजी ५० वर्ष उमेरका पुरुषको शव फेला परेको हो । मृतकको ...
। राष्ट्रिय सभाकी उपाध्यक्ष लीला कुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्यलगायत विषयमा छलफल भएको थियो । उपाध्यक्ष भण्डारीले नेपाल र चीनबीच शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पुरानो मित्रता तथा पारस्परिक संवेदनशीलताको ...
। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकिटोलस्थित तरकारी मण्डी क्षेत्रमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मकवानपुरकाे मनहरी गाउँपालिका-३ घर भई हाल हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीमा डेरा गरी बस्दै आएका अन्दाजी ४५ वर्षीय रामलाल ब्लोनले आफ्नी श्रीमती अन्दाजी ४२ वर्षीया ओमकुमारी भुजेललाई कुटपिट गरी गम्भीर घाइते बनाएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज बिहान ...
। प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले गरेको विरोधलाई सत्तापक्ष रास्वपाका सांसद जगदीश खरेलले ‘तमासा‘ संज्ञा दिएका छन् । संसद्मा प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थिति माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दलहरूलाई उनले आरोप लगाएपछि बैठक केहीबेर स्थगित भएको छ । विपक्षीको विरोधकाबीच पनि संसद्को कारबाही अघि बढीरहेको थियो । कार्यसूची अनुसार पर्यटन विधेयकमाको सैद्धान्तिक छलफलमा भाग लिन रोस्टममा पुगेका ...
। ३० लाख नगद र खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौं बुद्धपार्क बस्ने ४२ वर्षीय कुमार लामा छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनीबाट काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । उनीबाट १२२ ग्राम खैरो हेरोइन, अन्य औषधीजन्य ...