मुख्य समाचार
लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थितरता कायम र नीतिगत स्थिरता दिन आफू प्रतिबद्ध रहेको
लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थितरता कायम र नीतिगत स्थिरता दिन आफू प्रतिबद्ध रहेको

। प्रधानमन्त्री बालेन शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थितरता कायम र नीतिगत स्थिरता दिन आफू प्रतिबद्ध रहेको बताएका छन् ।

उनले नेपाल भ्रमणका रहेका युरोपेली मुलुकको उच्चस्थतरीय प्रतिनिधिमण्डलसँग मंगलबार भेट गर्दै नयाँ भए पनि विगतका कुराहरूबाट पूर्ण अलग नहुने बताए ।

‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं,’ प्रधानमन्त्री शाहले भने ।

प्रधानमन्त्री शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको धारणा पनि राखे ।

वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको धारणा राखेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जनाएकी छन् ।

प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारे ।

उनले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताए ।

जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको पनि उनले बताएको प्रेस नोटमा उल्लेख छ ।



प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारे । ‘हाम्रा छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता, र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ,’ उनल भने ।

नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्‍याउँदै आएको भन्दै नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गरे ।

व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको पनि बताएका थिए ।

प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढी पीडा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा जोड दिए ।

भेटमा काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँस्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए ।

उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्वमा पुगेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए ।

आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको पनि उनीहरूले उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र सुशासनलाई केन्द्रमा राख्ने बताएको छ । आगामी आवको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामा यी विषय उल्लेख छन् । आर्थिक मामिला मन्त्री जीत शेरचनले प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन विधेयक–२०८३ का सिद्धान्त तथा प्राथमिकतामा ‘आत्मनिर्भर र समुन्नत प्रदेश, ...
। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद् चलेकै दिन संसद्‍मा उपस्थित हुने बताएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र संसद्लाई सम्बोधन खोजिरहेका बेला सभामुख अर्यालले यस्तो बताएका हुन् । विपक्षी दलहरूले प्रधानमन्त्री कहिले आउँछन् भनेर समय नै यकिन हुनुपर्ने र यो विषयमा सभामुखबाटै रुलिङ हुनुपर्ने माग राखेका छन् । जवाफमा सभामुखले छिट्टै प्रधानमन्त्रीले सदनमा आएर जवाफ ...
। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभरि बढ्दै गएको बाँदर आतंकका कारण कृषकहरू गम्भीर मारमा परेको भन्दै संसद् र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले बाँदर आतंकका कारण जनता आफ्नो थातथलो छोड्न बाध्य भएको बताए । सांसद राईले कृषकलाई आफ्नो बालीनाली सुरक्षाका लागि कानुनी प्रक्रिया पुर्‍याएर हतियार उपलब्ध गराउने विषयमा समेत ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संविधान संशोधनको प्रक्रियामा सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र प्रदेश संरचनाको पुनरावलोकन जस्ता विषयहरूलाई अनिवार्य रूपमा समेट्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले संविधान संशोधनका लागि गठित कार्यदलको प्रारम्भिक मस्यौदामा यी महत्वपूर्ण विषयहरू नपरेको भन्दै आपत्ति जनाएकी हुन् । उनले वैदिक ...
। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराउन पहल गर्ने प्रतिबद्धता जनाएको छ । विपक्षी दलहरूले संसद्‌मा प्रधानमन्त्रीको उपस्थिति खोजिरहेका छन् । यही मागका कारण सोमबार पनि प्रतिनिधिसभाको बैठक प्रभावित भयो । १५ मिनेटका लागि बैठक स्थगित गरेर सत्तापक्ष र प्रतिपक्षका नेताहरू सभामुखको अगुवाइमा संवादमा जुटेका छन् । यस क्रममा प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन ...