मुख्य समाचार
संविधान संशोधनको प्रक्रियामा सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र प्रदेश संरचनाको पुनरावलोकन जस्ता विषयहरूलाई अनिवार्य रूपमा समेट्न सरकारसँग माग
संविधान संशोधनको प्रक्रियामा सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र प्रदेश संरचनाको पुनरावलोकन जस्ता विषयहरूलाई अनिवार्य रूपमा समेट्न सरकारसँग माग

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संविधान संशोधनको प्रक्रियामा सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र प्रदेश संरचनाको पुनरावलोकन जस्ता विषयहरूलाई अनिवार्य रूपमा समेट्न सरकारसँग माग गरेकी छिन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले संविधान संशोधनका लागि गठित कार्यदलको प्रारम्भिक मस्यौदामा यी महत्वपूर्ण विषयहरू नपरेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले वैदिक सनातन धर्म, राजसंस्था र प्रदेश खारेजीको पक्षमा रहेका आम नागरिकको आवाजलाई सरकारले जनताको सुझावका रूपमा स्वीकार नगरेको आरोप लगाइन् ।

विगतमा लिइएका जनताका सुझावहरूलाई बेवास्ता गरी थन्क्याइएको स्मरण गर्दै यस पटक पनि जनभावनालाई डिजिटल बोरामा थन्क्याउने प्रयास नगर्न सरकारलाई सचेत पनि गराइन् ।

‘वैदिक हिन्दु र बौद्ध सहितको सनातन राष्ट्र हुनुपर्छ भन्ने नागरिकहरू सरकारको नजरमा जनता हुन् कि होइनन् ? धर्मनिरपेक्षताको आडमा पछिल्लो समय गरिबी र पछौटेपनको फाइदा उठाएर तीव्र रूपमा धर्मान्तरण भइरहेको छ, के सरकारले यो दृश्य देख्दैन ?,’ उनले भनिन् ।

राजसंस्थाको विषयमा इन्स्टिच्युसनल (संस्थागत) तहमा पर्याप्त दार्शनिक र ऐतिहासिक बहस हुनुपर्नेमा उनको जोड थियो ।

प्रमुख सचेतक ओलीले संविधान संशोधनको अन्तिम मस्यौदामा यी मागहरू सम्बोधन नभए देशभरका राष्ट्रवादी शक्तिहरू र सनातन धर्मावलम्बीहरू निर्णायक संघर्षमा उत्रिने चेतावनी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभरि बढ्दै गएको बाँदर आतंकका कारण कृषकहरू गम्भीर मारमा परेको भन्दै संसद् र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले बाँदर आतंकका कारण जनता आफ्नो थातथलो छोड्न बाध्य भएको बताए । सांसद राईले कृषकलाई आफ्नो बालीनाली सुरक्षाका लागि कानुनी प्रक्रिया पुर्‍याएर हतियार उपलब्ध गराउने विषयमा समेत ...
। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराउन पहल गर्ने प्रतिबद्धता जनाएको छ । विपक्षी दलहरूले संसद्‌मा प्रधानमन्त्रीको उपस्थिति खोजिरहेका छन् । यही मागका कारण सोमबार पनि प्रतिनिधिसभाको बैठक प्रभावित भयो । १५ मिनेटका लागि बैठक स्थगित गरेर सत्तापक्ष र प्रतिपक्षका नेताहरू सभामुखको अगुवाइमा संवादमा जुटेका छन् । यस क्रममा प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन ...
। नेपाल भ्रमणमा रहेको युरोपेली प्रतिनिधिमण्डलले नेपाल सरकारको सुशासन, आर्थिक वृद्धि र रोजगारी सिर्जनासम्बन्धी प्राथमिकतासँग आफूहरू पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको जनाएको छ। प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन शाहलाई पनि भेटेको थियो । परराष्ट्रमन्त्री शिशिर खनाल, पर्यटनमन्त्री खडकराज पौडेललगायतसँग भेटेको थियो । भ्रमणको अन्त्यमा मंगलबार पत्रकार सम्मेलन गर्दै टोलीले नेपाललाई कसरी थप सहयोग गर्न सकिन्छ भन्ने ...
। सङ्खुवासभा मकालु गाउँपालिकामा अवस्थित मकालु हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका एक जना पथप्रदर्शक (गाइड) मृत अवस्थामा फेला परेका छन् । मकालु गाउँपालिका–१ वालुङका ४० वर्षीय फुर्वा वाङदेल शेर्पा मकालु हिमाल आरोहण गरेर फर्किने क्रममा लडेर सम्पर्कविहीन भएका थिए । पथप्रदर्शक शेर्पाको शव सोमबार मकालु हाइ क्याम्प क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा प्रहरी नायव ...
। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को संयुक्त पहलमा सञ्‍चालित दिगो पर्यटन परियोजना (एसटीपी)अन्तर्गत नेपालमा दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पञ्चवर्षीय बजारीकरण रणनीति तयार भएको छ । ‘इन्टरनेसनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्सन प्लान’ सम्बन्धी अन्तिम प्रमाणीकरण प्रस्तुति तथा कार्यशाला सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा सोमबार भएको कार्यक्रममा नेपाललाई विश्व ...