मुख्य समाचार
इजरायली सेनाले लेबनानभरि फेरि हवाई आक्रमण
इजरायली सेनाले लेबनानभरि फेरि हवाई आक्रमण

इजरायली सेनाले लेबनानभरि फेरि ठूला हवाई आक्रमण सुरु गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह विरुद्धको लडाइँ अझ कडा पार्ने घोषणा गरेपछि यो आक्रमण भएको हो । इजरायली सेनाले पूर्वी लेबनानको बेका उपत्यका र अन्य ठाउँहरूलाई निशाना बनाएको छ ।

इरानको समर्थन पाएको लेबनानी सशस्त्र समूह हिजबुल्लाहले पनि यसको जवाफ दिएको छ। हिजबुल्लाहले इजरायली सेना, ट्याङ्क र ब्यारेकहरूमा २२ वटा ड्रोन र रकेट प्रहार गरेको बताएको छ। केही समयअघि दुई देशबीच ४५ दिनका लागि युद्धविराम थप्ने सहमति भएको थियो। तर पनि दुवै पक्षबीचको लडाइँ रोकिएको छैन ।

प्रधानमन्त्री नेतान्याहुले इजरायल अहिले हिजबुल्लाहसँग युद्धमा रहेको बताएका छन्। उनले सेनालाई हिजबुल्लाहमाथि घातक प्रहार गर्न निर्देशन दिएका छन्। हालसम्मको कारबाहीमा ६०० भन्दा बढी लडाकु मारिएको इजरायलको दाबी छ। इजरायलका केही मन्त्रीहरूले यो लडाइँलाई लेबनानको राजधानी बेरुतसम्म लैजान माग गरिरहेका छन्।

यो विवाद गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको हो । इरानका सर्वोच्च नेता मारिएपछि उनको बदला लिन हिजबुल्लाहले इजरायलमाथि क्षेप्यास्त्र हानेको थियो ।
त्यसपछि इजरायलले लेबनानमाथि ठुलो आक्रमण र सेना परिचालन गर्‍यो। इजरायली आक्रमणमा लेबनानमा अहिलेसम्म ३ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। निरन्तरको बमबारीका कारण लेबनानका १० लाखभन्दा बढी मानिस आफ्नो घर छोडेर विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम