मुख्य समाचार
मकालु हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका एक जना पथप्रदर्शक (गाइड) मृत अवस्थामा फेला
मकालु हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका एक जना पथप्रदर्शक (गाइड) मृत अवस्थामा फेला

। सङ्खुवासभा मकालु गाउँपालिकामा अवस्थित मकालु हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका एक जना पथप्रदर्शक (गाइड) मृत अवस्थामा फेला परेका छन् ।

मकालु गाउँपालिका–१ वालुङका ४० वर्षीय फुर्वा वाङदेल शेर्पा मकालु हिमाल आरोहण गरेर फर्किने क्रममा लडेर सम्पर्कविहीन भएका थिए ।

पथप्रदर्शक शेर्पाको शव सोमबार मकालु हाइ क्याम्प क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।

शेर्पा हिमाल आरोहण गरेर फर्किने क्रममा एक जना इरानी पर्यटक सहित बेपत्ता भएका थिए ।

शेर्पा भारतीय र इरानी पर्यटकको सहयोगीका रूपमा गत २०८२ माघ १ गते मकालु हिमाल आरोहणमा गएका थिए । उनीहरू मकालु हिमाल आरोहण गरेर क्याम्प ४ बाट क्याम्प ३ फर्किने क्रममा लडेर बेपत्ता भएका थिए ।

घटना लगत्तै कैलाश एयरको हेलिकप्टरमार्फत खोजी कार्य सञ्चालन गरिएको भए पनि उनीहरू फेला परेका थिएनन् ।

हेलिकप्टरबाट घटनास्थलको निरीक्षण गरेपछि खोज तथा उद्धार टोली पैदलमार्ग हुँदै सम्भावित घटनास्थलतर्फ गएको थियो ।

मकालु एड्भेन्चरका सञ्चालक मोहन लम्सालसहित ८ जनाको टोली खोजी अभियानमा खटिएको प्रहरीले जनाएको छ ।

शेर्पासँगै आरोहणमा सहभागी भारतीय नागरिक भने सकुशल फेला परेका थिए । आरोहण गरेर फर्किने क्रममा शेर्पा सँगै बेपत्ता भएका इरानी नागरिक अबोलजी गोजाली अझै फेला पर्ने सकेका छैनन् ।

लामो खोजीपछि शेर्पाको शव मकालु हाई क्याम्प क्षेत्रमा फेला परेको हो । मृतक शेर्पाको शव कैलाश एयरको हेलिकप्टर मार्फत काठमाडौँस्थित शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थल मकालु प्रहरी चौकीबाट करिब सात दिनको पैदल दूरीमा पर्ने दुर्गम क्षेत्रमा रहेको छ । यातायात र सञ्चार सेवा नभएका कारण मकालु क्षेत्र भौगोलिक रूपमा विकट मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को संयुक्त पहलमा सञ्‍चालित दिगो पर्यटन परियोजना (एसटीपी)अन्तर्गत नेपालमा दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पञ्चवर्षीय बजारीकरण रणनीति तयार भएको छ । ‘इन्टरनेसनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्सन प्लान’ सम्बन्धी अन्तिम प्रमाणीकरण प्रस्तुति तथा कार्यशाला सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा सोमबार भएको कार्यक्रममा नेपाललाई विश्व ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले तमासा भन्ने शब्द असंसदीय नभएको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा सांसद खरेलले विपक्षी दलहरूको विरोधलाई इंगित गर्दै तमासा भन्ने शब्द प्रयोग गरेका थिए । यसप्रति दोस्रो बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले नियमापत्ति गरेका थिए । ‘जगदीश खरेलज्यूले प्रतिपक्षको विरोधलाई जे शब्दले इंगित ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहलेले रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘पर्याप्त मलको व्यवस्था सरकारले गरोस् । अब १०/१५ दिनमै रोपाईं सुरु हुन्छ ।’ साथै, उखु किसानको भुक्तानीका लागि पनि उनले आग्रह गरेका छन् । उनका अनुसार उखु किसानको पैसा चिनी मिलले दिन सकेको ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहलेले रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘पर्याप्त मलको व्यवस्था सरकारले गरोस् । अब १०/१५ दिनमै रोपाईं सुरु हुन्छ ।’ साथै, उखु किसानको भुक्तानीका लागि पनि उनले आग्रह गरेका छन् । उनका अनुसार उखु किसानको पैसा चिनी मिलले दिन सकेको ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले प्रतिनिधिसभामा सम्भवत: एक हप्ताभित्रै आउने भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले सम्भवत: एक हप्ताभित्रै संसद्मा आउने बताएका हुन् । पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यसक्रममा प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेको स्मरण गर्दै उनले प्रतिनिधिसभा बैठकलाई यस्तो आग्रह गरेका हुन् । ‘प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेँ’, उनले ...