मुख्य समाचार
दिगो पर्यटन प्रवर्द्धन गर्न पञ्चवर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार
दिगो पर्यटन प्रवर्द्धन गर्न पञ्चवर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार

। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को संयुक्त पहलमा सञ्‍चालित दिगो पर्यटन परियोजना (एसटीपी)अन्तर्गत नेपालमा दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पञ्चवर्षीय बजारीकरण रणनीति तयार भएको छ ।

‘इन्टरनेसनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्सन प्लान’ सम्बन्धी अन्तिम प्रमाणीकरण प्रस्तुति तथा कार्यशाला सम्पन्न भएको छ ।




नेपाल पर्यटन बोर्डको सभाहलमा सोमबार भएको कार्यक्रममा नेपाललाई विश्व पर्यटन बजारमा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न प्रभावकारी बजारीकरण रणनीति अपरिहार्य रहेकोमा जोड दिइएको थियो । एसटीपीका राष्ट्रिय परियोजना संयोजक खड्गविक्रम शाहले पर्यटन प्रवद्र्धनका लागि स्पष्ट रणनीति र उचित प्रचार आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रमका उद्देश्यबारे प्रकाश पारे ।

कार्यशालामा विश्वव्यापी परामर्शदाता संस्था ‘बिड’ले तयार पारेको रणनीति र पाँच वर्षीय कार्ययोजना प्रस्तुत गरिएको थियो । जसमा बिडका प्रमुख कार्यकारी अधिकृत सुजिव शाक्यले सन् २०२६ देखि २०३० सम्म कार्यान्वयन हुने उक्त रणनीतिले नेपालको पर्यटनलाई संख्यामा आधारित मोडलबाट मूल्यमा आधारिततर्फ रूपान्तरण गर्ने लक्ष्य राखेको जानकारी दिए ।




रणनीतिमा बजार विश्लेषण, उपभोक्ता व्यवहार विश्लेषण, प्रतिस्पर्धात्मक विश्लेषण तथा वितरण प्रणाली गरी चार मुख्य पक्ष समेटिएका छन् । योजना निर्माण प्रक्रियामा १३५ जना सरोकारवालासँग परामर्श गर्नुका साथै ६ वटा लक्षित समूहमा छलफल गरिएको छ ।

यस रणनीतिले विश्व पर्यटनका नयाँ प्रवृत्ति, नेपालको पर्यटन अवस्था तथा पर्यटन निर्भरताका छ वटा आधारस्तम्भबारे विश्लेषण गरेको छ । यसका साथै नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा मात्र नभई संस्कृति, अध्यात्म, आरोग्य, प्रकृति तथा दिगो पर्यटन अनुभवको केन्द्रका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा सहभागीहरूले नेपालको अन्तर्राष्ट्रिय ब्रान्डिङ सुदृढ गर्न, डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन, नयाँ गन्तव्यको प्रवद्र्धन गर्न तथा सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । दिगो तथा समुदायमा आधारित पर्यटन नीतिलाई प्राथमिकता दिनुपर्ने विषय पनि छलफलमा उठाइएको थियो ।

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐयरले नेपालका सीमावर्ती शहरहरूमा पर्यटन क्षेत्रमा ठूलो लगानी भइरहेको भए पनि समन्वयात्मक मार्केटिङ रणनीतिको अभाव रहेको बताए । उनले काठमाडौं बाहिरका शहरलाई पर्यटन सञ्जालमा जोड्न बोर्डले विभिन्न पर्यटन मार्टहरु आयोजना गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा यूएनडीपीका सहायक आवासीय प्रतिनिधि धर्म स्वर्णकारले नेपालको समृद्धिको आधार नै पर्यटन भएको उल्लेख गर्दै यसलाई पूँजीमा रुपान्तरण गर्न अझै चुकिरहेको टिप्पणी गरे । उनले भने, ‘नेपालको पर्यटनका लागि विविध आयाम भएका कारण संख्या पनि उत्तिकै महत्वपूर्ण छ । तर, अझै मूल्यमा आधारित पर्यटन रणनीति नै आजको आवश्यकता हो ।’

कार्यक्रममा बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसहित, नेपाल पर्वतारोहण संघ, नाटा, होटल व्यवसायी संघ, इसिमोड, नारालगायत विभिन्‍न पर्यटन क्षेत्रका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

एसटीपीका परियोजना प्रबन्धक धर्मराज दवाडीले कार्यशालाबाट प्राप्त सुझावलाई समेत समेटेर यस रणनीतीलाई अन्तिम रुप दिने जानकारी गराए । उनले नेपाल पर्यटन बोर्डको भावी अन्तर्राष्ट्रिय मार्केटिङ रणनीति परिमार्जन गर्न तथा नेपाललाई दिगो पर्यटन गन्तव्यका रूपमा विश्व बजारमा थप प्रभावकारी रूपमा स्थापित गर्न यो रणनीतिले सहयोग पुर्‍याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सङ्खुवासभा मकालु गाउँपालिकामा अवस्थित मकालु हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका एक जना पथप्रदर्शक (गाइड) मृत अवस्थामा फेला परेका छन् । मकालु गाउँपालिका–१ वालुङका ४० वर्षीय फुर्वा वाङदेल शेर्पा मकालु हिमाल आरोहण गरेर फर्किने क्रममा लडेर सम्पर्कविहीन भएका थिए । पथप्रदर्शक शेर्पाको शव सोमबार मकालु हाइ क्याम्प क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा प्रहरी नायव ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले तमासा भन्ने शब्द असंसदीय नभएको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा सांसद खरेलले विपक्षी दलहरूको विरोधलाई इंगित गर्दै तमासा भन्ने शब्द प्रयोग गरेका थिए । यसप्रति दोस्रो बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले नियमापत्ति गरेका थिए । ‘जगदीश खरेलज्यूले प्रतिपक्षको विरोधलाई जे शब्दले इंगित ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहलेले रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘पर्याप्त मलको व्यवस्था सरकारले गरोस् । अब १०/१५ दिनमै रोपाईं सुरु हुन्छ ।’ साथै, उखु किसानको भुक्तानीका लागि पनि उनले आग्रह गरेका छन् । उनका अनुसार उखु किसानको पैसा चिनी मिलले दिन सकेको ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहलेले रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘पर्याप्त मलको व्यवस्था सरकारले गरोस् । अब १०/१५ दिनमै रोपाईं सुरु हुन्छ ।’ साथै, उखु किसानको भुक्तानीका लागि पनि उनले आग्रह गरेका छन् । उनका अनुसार उखु किसानको पैसा चिनी मिलले दिन सकेको ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले प्रतिनिधिसभामा सम्भवत: एक हप्ताभित्रै आउने भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले सम्भवत: एक हप्ताभित्रै संसद्मा आउने बताएका हुन् । पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यसक्रममा प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेको स्मरण गर्दै उनले प्रतिनिधिसभा बैठकलाई यस्तो आग्रह गरेका हुन् । ‘प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेँ’, उनले ...