। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहलेले रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘पर्याप्त मलको व्यवस्था सरकारले गरोस् । अब १०/१५ दिनमै रोपाईं सुरु हुन्छ ।’
साथै, उखु किसानको भुक्तानीका लागि पनि उनले आग्रह गरेका छन् ।
उनका अनुसार उखु किसानको पैसा चिनी मिलले दिन सकेको छैन । सरकारले दिने रकम पनि उपलब्ध भएको छैन ।