मुख्य समाचार
सभामुख डोल प्रसाद (डीपी) अर्यालसंग नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले शिष्टाचार भेटवार्ता
सभामुख डोल प्रसाद (डीपी) अर्यालसंग नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले शिष्टाचार भेटवार्ता

। सभामुख डोल प्रसाद (डीपी) अर्यालसंग नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सविचलायले जनाएको छ ।

भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरे । नेपालमा नयाँ जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै विदेशी लगानी तथा विकास साझेदारीका लागि वातावरण थप सहज बन्दै गएको बताए ।

सभामुख अर्यालले नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि तथा प्राविधिक क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपाल–कोरिया संसदीय मैत्री समूह गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै दुई देशका सांसदबीच अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे ।




कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवाको सिधा सिओल उडानका लागि सहजीकरण गर्न पनि कोरियाली सरकारसँग अनुरोध गरे । नेपाल–कोरिया सम्बन्ध सरकारस्तरमा मात्र नभई जनताबीचको सम्बन्धका रूपमा समेत विकसित भएको उनको भनाइ थियो ।

राजदूत पार्कले नेपाललाई कोरियाले विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारी क्षेत्रमा सहकार्य जारी रहेको बताए । उनका अनुसार रोजगार अनुमति प्रणाली अन्तर्गत हालसम्म करिब १ लाख २० हजार नेपालीले कोरियामा रोजगारीको अवसर पाएका छन् भने ५० हजार नेपाली हाल त्यहाँ कार्यरत छन् ।

उनले नेपाली कामदारले कोरियाको उत्पादनमूलक तथा कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै श्रमिकको स्वास्थ्य, सुरक्षा र सम्मानमा कोरिया सरकार संवेदनशील रहेको बताए । विदेशबाट फर्किएका नेपालीलाई पुन:स्थापना तथा उद्यमशीलतामा सहयोग गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

राजदूत पार्कले कोरियाली लगानी नेपालमा विस्तार हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा विशेष लगानी भइरहेको बताए । रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण करिब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी वर्षदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । हरित ऊर्जा र कार्बन ट्रेडिङ क्षेत्रमा समेत कोरियाली व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले प्रतिनिधिसभामा सम्भवत: एक हप्ताभित्रै आउने भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले सम्भवत: एक हप्ताभित्रै संसद्मा आउने बताएका हुन् । पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यसक्रममा प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेको स्मरण गर्दै उनले प्रतिनिधिसभा बैठकलाई यस्तो आग्रह गरेका हुन् । ‘प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेँ’, उनले ...
। सभामुख डोल प्रसाद (डीपी) अर्यालसंग नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सविचलायले जनाएको छ । भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन शाहलाई संविधानभन्दा माथि नठान्न आग्रह गरेको छ । पार्टीका तर्फबाट प्रतिनिधिसभामा विशेष समयमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसद्‍बाट जन्मिएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने बताए । प्रधानमन्त्री शाह संविधानभन्दा माथि भए सदनमा जानकारी गराउन सत्तारुढ रास्वपालाई उनको आग्रह थियो । एक मिनेट भए पनि प्रधानमन्त्री संसद्‍को रोस्टममा उभिएर ...
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गरेका छन् । मंगलबार बिहान (ईयू) मा आबद्ध काठमाडौं र नयाँ दिल्लीका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेको उनको सचिवालयले जनाएको छ । सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र ...
। जनकपुर–जयनगर रेलमा किचिएर एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ ५:३२ बजेको समयमा जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको रेलमा धनुषा विदेह नगरपालिका–९ बैदेही स्टेसनभन्दा ६ सय मिटर पूर्वमा उक्त घटना भएको हो । सो क्रममा अन्दाजी ३० वर्षीय महिलाको टाउको किचिएर घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता मधुसुधन न्यौपानेले जानकारी दिए । घटनाबारे थप ...