मुख्य समाचार
प्राध्यापकलाई बाहिर काम गर्ने अनुमतिको विनियम खारेजको पहिल्यै थियो संसदीय निर्देशन
प्राध्यापकलाई बाहिर काम गर्ने अनुमतिको विनियम खारेजको पहिल्यै थियो संसदीय निर्देशन

। प्राध्यापक र कर्मचारीलाई बाहिर काम गर्न अनुमति दिने त्रिविको विनियम नै नियम विपरीत भएकोले खारेज गर्न एक वर्ष अघि नै राष्ट्रिय सभाले निर्देशन दिएको पाइएको छ । त्यो निर्देशन पछि पनि विनियम मार्फत प्राध्यापक र कर्मचारीहरूले स्वीकृति लिएर बाहिर काम गर्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक कर्मचारीलाई आंशिक रूपमा बाहिर काम गर्न अनुमति दिने गरेको विशेष रिपोर्ट गत ३० वैशाखमा अनलाइनखबरमा प्रकाशित भएको थियो ।




त्यसपछि त्रिविका शिक्षक र कर्मचारीले नियमसंगत रूपमा नै आंशिक रुपमा बाहिर काम गरिरहेको दाबी गरेका थिए । तर, राष्ट्रिय सभाले यसअघि नै त्रिविका विनियमहरू खारेज गर्न सरकारलाई निर्देशन दिइएको पाइएको हो ।

त्रिविले ‘त्रिभुवन विश्वविद्यालय अनुगमन निर्देशनालयसम्बन्धी विनियम–२०७३’ को व्यवस्था गरेको छ । यही विनियको आधारमा त्रिविले आफ्ना शिक्षक कर्मचारीलाई आंशिक रुपमा बाहिर काम गर्न अनुमति दिने गरेको छ ।




उक्त अनुमति पत्र देखाएर त्रिविका शिक्षक र कर्मचारीले निजी लगायतका विभिन्न संघ संस्थामा काम गर्ने ७८४ जनाको सूची पनि सार्वजनिक भएको छ ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन तयार पारेको थियो । राष्ट्रिय सभाबाट पारित भएको उक्त प्रतिवेदनमा त्रिविका विनियहरू ऐन विपरीत रहेको भनिएको छ ।

पारित भएको प्रतिवेदनमा विनियमहरू खारेज गर्न भनिएको छ । प्रतिवेदन अनुसार त्रिविले हालसम्म फरक–फरक प्रकृतिका ३५ वटा विनियम बनाएर काम गरिरहेको छ । यी विनियमहरू ऐन विपरीतका हुन् । त्यो मध्येको त्रिभुवन विश्वविद्यालय अनुगमन निर्देशनालयसम्बन्धी विनियम–२०७३ पनि एउटा हो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई निर्देशन पनि दिएका छन् ।

‘प्रतिवेदनको सुझावलाई तत्काल प्राथमिकताको आधारमा कार्यान्वयन गर्न निर्देशन दिन्छु,’ अध्यक्ष दाहालले सरकारलाई दिएको निर्देशनमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सप्तकोशी नदी बीचको टापुबाट करिब ५ क्विन्टल गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले ४७५ किलोग्राम गाँजा बरामद गरेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी ...
। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले कानुनका विद्यार्थीका लागि इन्टर्नसिपको व्यवस्था मिलाउने गरी कानूनी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कानुनका विद्यार्थीलाई इन्टर्नसिपका लागि ठूलो समस्या भएको उल्लेख गरे । साथै, सो समस्या समाधान हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग ...
। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको बैठकले पूर्वसमझदारी अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । लुम्बिनी सरकारको नेतृत्व नपाउँदासम्म हाल सरकारमा रहेका आफ्ना मन्त्रीहरु फिर्ता नबोलाउने निर्णय बैठकले गरेको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार तीन दिनभित्र पार्टी केन्द्रले पूर्व समझदारीअनुसार सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउने निर्णय कार्यान्वयनका लागि पहल गर्न आग्रह ...
। रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो । फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिए । हुरीले रायको घरको ...
। सांसदहरूले न्यायाधीश र कानुन व्यवसायी (वकिल)को सम्पत्ति छानबिनको प्रस्ताव गरेका छन् । सार्वजनिक पद धारण गरेका राजनीतिक व्यक्तिको सम्पत्ति छानबिनको माग गरिरहेका बेला सांसदहरूले न्यायाधीश र वकिलको सम्पत्ति समेत छानबिनको प्रस्ताव गरेका हुन् । ‘भारतमा वेबसाइटमा हेर्‍यो भने न्यायाधीशका सम्पत्ति देखिन्छन्, अहिले पनि हामी हेर्न सक्छौं,’ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपाने भन्छन्, ‘तर नेपालमा न्यायाधीशको ...