मुख्य समाचार
कानुनका विद्यार्थीका लागि इन्टर्नसिपको व्यवस्था मिलाउने गरी कानूनी प्रबन्ध गर्न सरकारसँग माग
कानुनका विद्यार्थीका लागि इन्टर्नसिपको व्यवस्था मिलाउने गरी कानूनी प्रबन्ध गर्न सरकारसँग माग

। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले कानुनका विद्यार्थीका लागि इन्टर्नसिपको व्यवस्था मिलाउने गरी कानूनी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कानुनका विद्यार्थीलाई इन्टर्नसिपका लागि ठूलो समस्या भएको उल्लेख गरे ।

साथै, सो समस्या समाधान हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग पनि गरेका हुन् ।

‘हामी कहाँ कानुनका विद्यार्थीहरूले इन्टर्नसिपका लागि कहाँ जाने, के गर्ने ? भन्नेमा निकै समस्या छ । कुनै ल फर्ममा गएर काम गरौ भने त्यहाँ मेहनत अनुसार पारिश्रमिक हुँदैन । सम्मान पनि हुँदैन,’ सांसद खनालले भने, ‘हामीसँग सिंहदरबार भित्रै धेरै मन्त्रालयहरू छन । धेरै विभागहरू छन । हरेक कानुनका विद्यार्थीहरूलाई हामीले सरकारी निकायसँग जोडन सक्छौं । यसो गर्न सकियो भने उनीहरूलाई इन्टर्नसिपका लागि समस्या पर्छ जस्तो मलाई लाग्दैन ।’

कानुनका विद्यार्थीले ल फर्ममा गएर इन्टर्नसिप दिँदा पारिश्रमिक र सम्मान दुवै नपाउने कठिनाई भएकाले पनि उनीहरूका लागि सो को उचित व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने जिकिर गरे ।

सांसद खनालले कानूनका जनशक्तिको आवश्यकताअनुसार मात्रै कलेजहरू संचालन गर्नका लागि अनुमति दिन पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सप्तकोशी नदी बीचको टापुबाट करिब ५ क्विन्टल गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले ४७५ किलोग्राम गाँजा बरामद गरेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी ...
। प्राध्यापक र कर्मचारीलाई बाहिर काम गर्न अनुमति दिने त्रिविको विनियम नै नियम विपरीत भएकोले खारेज गर्न एक वर्ष अघि नै राष्ट्रिय सभाले निर्देशन दिएको पाइएको छ । त्यो निर्देशन पछि पनि विनियम मार्फत प्राध्यापक र कर्मचारीहरूले स्वीकृति लिएर बाहिर काम गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक कर्मचारीलाई आंशिक रूपमा बाहिर काम गर्न अनुमति ...
। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको बैठकले पूर्वसमझदारी अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । लुम्बिनी सरकारको नेतृत्व नपाउँदासम्म हाल सरकारमा रहेका आफ्ना मन्त्रीहरु फिर्ता नबोलाउने निर्णय बैठकले गरेको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार तीन दिनभित्र पार्टी केन्द्रले पूर्व समझदारीअनुसार सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउने निर्णय कार्यान्वयनका लागि पहल गर्न आग्रह ...
। रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो । फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिए । हुरीले रायको घरको ...
। सांसदहरूले न्यायाधीश र कानुन व्यवसायी (वकिल)को सम्पत्ति छानबिनको प्रस्ताव गरेका छन् । सार्वजनिक पद धारण गरेका राजनीतिक व्यक्तिको सम्पत्ति छानबिनको माग गरिरहेका बेला सांसदहरूले न्यायाधीश र वकिलको सम्पत्ति समेत छानबिनको प्रस्ताव गरेका हुन् । ‘भारतमा वेबसाइटमा हेर्‍यो भने न्यायाधीशका सम्पत्ति देखिन्छन्, अहिले पनि हामी हेर्न सक्छौं,’ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपाने भन्छन्, ‘तर नेपालमा न्यायाधीशको ...