मुख्य समाचार
नेपाल क्रिकेट संघ (क्यान)ले ३८ पुरुष खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्दै नयाँ ग्रेडिङ सार्वजनिक
नेपाल क्रिकेट संघ (क्यान)ले ३८ पुरुष खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्दै नयाँ ग्रेडिङ सार्वजनिक

। नेपाल क्रिकेट संघ (क्यान)ले ३८ पुरुष खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्दै नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ ।

क्यानले सोमबार सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाक्टमा ए प्लस क्याटगोरी थप गरिएको छ । ए प्लस क्याटगोरीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् ।

क्याटगोरी ए मा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी छन् । यस्तै क्याटगोरी बी मा आरिफ शेख, भीम सार्की, गुल्सन झा, ललित राजवंशी र नन्दन यादव परेका छन् ।

अनिलकुमार शाह, अर्जुन कुमाल, बसिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शाहव आलम, शेर मल्ल र सन्दीप जोरा क्याटगोरी सी मा परेका छन् ।

डेभलप्मेन्ट क्याटगोरीमा अर्जुन घर्ति, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, रसिद खान, रिजन ढकाल, सन्तोष यादव, तृतराज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश जिसी छन् ।

ए प्लस क्याटगोरीमा परेका खेलाडीहरुले प्रति महिना एक लाख २० हजार पाउनेछन् । यस्तै ए क्याटगोरीमा परेका खेलाडीले एक लाख, क्याटगोरी बी मा रहेका खेलाडीले ७५ हजार र डेभलप्मेन्ट क्याटगोरीमा पर्ने खेलाडीहरुले ३५ हजार पारिश्रमिक पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...