मुख्य समाचार
युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्ने
युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्ने

। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्ने भएका छन् ।

उनले मंगलबार बिहान (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्ने भएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले बिहान ११:३० बजे सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सांसदहरूले न्यायाधीश र कानुन व्यवसायी (वकिल)को सम्पत्ति छानबिनको प्रस्ताव गरेका छन् । सार्वजनिक पद धारण गरेका राजनीतिक व्यक्तिको सम्पत्ति छानबिनको माग गरिरहेका बेला सांसदहरूले न्यायाधीश र वकिलको सम्पत्ति समेत छानबिनको प्रस्ताव गरेका हुन् । ‘भारतमा वेबसाइटमा हेर्‍यो भने न्यायाधीशका सम्पत्ति देखिन्छन्, अहिले पनि हामी हेर्न सक्छौं,’ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपाने भन्छन्, ‘तर नेपालमा न्यायाधीशको ...
। काठमाडौंको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका-८ का ३२ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएको हो । प्रहरी टोलीले काठमाडौं महानगरपालिका- २२ खिचापोखरीको आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको ‘स्माइल योर च्वाइस’ पसल र सोही ...
। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर सूर्यविनायक नगरपालिका-९ स्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा अनुगमन गरी सिलबन्दी गरेको छ । दूध प्रशोधनमा अस्वाभाविक रसायन र चिल्लो पदार्थ प्रयोग गरेको आशंकामा विभागले कारबाही अघि बढाएको हो । ३१ वैशाखमा गरिएको संयुक्त अनुगमन क्रममा उक्त दुग्ध उद्योगको प्रशोधन कक्षमा ठूलो परिमाणमा रसायन फेला परेका थिए । ...
। सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने गरि प्रक्रिया अगाडि बढाएको छ । छिमेकी मुलुक भारत र चीनसँग नेपालले यस्तो सम्झौता गरिसकेको छ । बाँकी मुलुकसँग पनि सम्झौताको प्रक्रिया अगाडि बढेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जानकारी दिइन् । ‘चीन र भारतसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ,’ ...
। सर्वोच्च अदालतले नजिर र कानूनको सिद्धान्त प्रतिकूल फैसला वा निर्णय गर्दैमा कुनैपनि न्यायाधीशलाई अदालतको अवहेलना गरेको आरोपमा मुद्दा चलाउन नमिल्ने व्याख्या गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशहरूले नजिरको सिद्धान्त विपरीत विवादित प्रकृतिको आदेश गरेको भन्दै सर्वोच्च अदालतमा अवहेलनाको कारवाहीको माग सहित निवेदन दर्ता भएको थियो । त्यही निवेदनमा न्यायाधीशहरू शारंगा सुवेदी र मेघराज पोखरेलको इजलासले ...