। सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने गरि प्रक्रिया अगाडि बढाएको छ ।
छिमेकी मुलुक भारत र चीनसँग नेपालले यस्तो सम्झौता गरिसकेको छ । बाँकी मुलुकसँग पनि सम्झौताको प्रक्रिया अगाडि बढेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जानकारी दिइन् ।
‘चीन र भारतसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ,’ मन्त्री गौतमले भनेकी छन्, ‘मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायत केही देशलाई अनुरोध पठाइएको छ ।’